विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट बिहीबार (भदौ २४ गते) देखि व्यापारिक उत्पादन सुरु हुने भएको छ । परीक्षण उत्पादन सफल भएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु हुन लागेको हो ।

आइतबार आयोजनाको परीक्षण उत्पादनको चरण सफलतापूर्वक सम्पन्न भएको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । उनका अनुसार ६ वटै युनिटको परीक्षण सकिएकाले अब आयोजनाबाट व्यापारिक विद्युत उत्पादनको तयारी भइरहेको छ ।

व्यापारिक उत्पादन सुरु भएपछि कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरी आम्दानी गर्न थाल्नेछ । पहिलो युनिट युनिटबाट असार २१ गतेदेखि परीक्षण उत्पादन सुरु गरिएको थियो । असार २९ मा दोस्रो युनिटबाट उत्पादन सुरु गरिएको थियो । भदौ १ गतेसम्ममा सबै युनिट सञ्चालनमा आइसकेका थिए ।

यो स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो । आयोजनाले सबैभन्दा सुख्खा समयमा दैनिक कम्तीमा ४ घन्टा पूर्ण क्षमता (४५६ मेगावाट) उत्पादन गर्नेछ । रोल्वालिङ खोलाको पानी मिसाएर उत्पादन बढाउने योजना पनि कार्यान्वयन भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit