विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले ‘ऊर्जा सम्मेलन–२०८२ (पावर समिट २०२५)’ को मिति परिवर्तन गरेको छ । यसअघि सोल्टी होटलमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी असोज १ र २ गते निर्धारित स्थान साेल्टी हाेटेलमै सम्मेलन आयोजना गर्ने जानकारी दिएको इपानले बुधबार विज्ञप्ति जारी गरी मिति परिवर्तन गरेको जानकारी दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका लागि आगामी भदौ ३१ र असोज १ गतेको मिति तय भएको र प्रधानमन्त्रीको भ्रमण टोलीमा इपानको नेतृत्व टोलीसमेत सहभागी हुने भएकोले सम्मेलन सारिएको इपानले जनाएको छ । सन् २००६ देखि हरेक २/२ वर्षमा आयोजना हुँदै आएको सम्मेलनको यो नवौँ संस्करण हो ।

सरकारले अघि सारेको सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने ऊर्जा विकास मार्ग चित्र, २०८१ को सफल कार्यान्वयन गर्न र नेपालको बढ्दो उत्पादनलाई क्षेत्रीय बजारमा लैजान ३० भन्दा धेरै देशका लगानीकर्ता, कुटनीतिक तथा विकास साझेदार नियोगका अधिकारी, सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय, मित्र राष्ट्र, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एउटै छानामुनि भेला गराएर ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहस गर्ने मुख्य उद्देश्यले इपानले सम्मेलन आयोजना गर्न लागेको जनाएको छ ।

सम्मेलनलाई नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षकत्व प्राप्त भएको र 'कन्ट्री पार्टनर'मा भारतीय राजदूतावास रहने तय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३