विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रको तिब्बतबाट बगेर नेपाल (रसुवा) प्रवेश गर्ने ल्हेन्दे खोलामा पुनः भीषण बाढी आउँदा त्रिशूली नदी करिडोरका जलविद्युत् आयोजना तथा प्रसारण पूर्वाधार थप जोखिममा परेका छन् । नदीमा बुधबार (साउन १४ गते) राती २ बजेदेखि आएको बाढीले थप जाेखिम बढाएको हो ।

बाढीले खासगरी १११ मेगावाटको रसुवागढी, २१६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली–१, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ लगायतका जलविद्युत् आयोजना र यस करिडोरमा उत्पादित विद्युत् जोड्न बनाइएको २२०/१३२/३३ केभी त्रिशूली हब सबस्टेसनलाई प्रत्यक्ष रूपमा थप क्षति पुर्‍याउने देखिएको छ ।

बाढीले त्रिशूली करिडोरको माथिल्लो तट रसुवाको भोटेकोसीमा सञ्चालित रसुवागढी जलविद्युत् केन्द्रको बाँध तथा विद्युत्‌गृहमा जाने पुलसमेत जीर्ण बनाएर जोखिममा पारेको, ठाउँ–ठाउँमा सडक कटान गरेको र पहिरो खसिरहेकोले त्यहाँ जान सक्ने अवस्था नरहेको केन्द्र प्रमुख सत्यराम ज्याख्वाले बताए ।

‘ठाउँ–ठाउँमा सडक भत्काएकोले यस क्षेत्रमा अहिले कोही पनि आफू बसेको ठाउँबाट १ किलोमिटर पनि वरपर जान सक्ने अवस्था छैन,’ उनले भने, ‘विद्युत्‌गृहमा ढुङ्गा खरिरहेको छ, विद्युत्‌गृह र हेडवर्क्समा जान बनाइएको दुई वटा पुल नै बनाउने अवस्थामा पुर्‍याएकोले आवतजावत गर्न सक्ने अवस्था छैन ।’

यसअघि असार २४ गते चीनको तिब्बती क्षेत्रमा हिमताल फुटेर ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बाँध क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । अघिल्लो बाढीले पुरेको बाँधको लेदोमाटो हटाएर सफा गर्ने, क्षतिको मूल्याङ्कन गर्ने र सुरक्षा पर्खाल लगाउने तयारी गरिरहँदा बुधबार फेरि आएको बाढीले थप क्षतिको जोखिम निम्त्याएको उनले बताए ।

‘जोखिमका कारण आहिले बाँध क्षेत्रमा कुनै कर्मचारी गएर बस्ने वा काम गर्ने अवस्था छैन,’ प्रमुख ज्याख्वाले भने, ‘ढुंगा खसिरहेकोले विद्युत्‌गृहमा पनि बस्न सक्ने अवस्था छैन ।’

बाढीले त्रिशूली हब सबस्टेसनका संरचना रहेको क्षेत्रमा समेत थप कटानको जोखिम बढाएको सबस्टेसनका इन्जिनियर लक्ष्मण घिमिरेले ऊर्जा खबरलाई बताए । ‘बाढीले सबस्टेसन सुरक्षाका लागि निर्माण गरिएको ‘सेर वाल’ नै बगाउने खतरा देखिएको छ,’ उनले भने, ‘समुद्रटार आउने दुई आयोजनाको १६ मेगावाट विद्युत् जोडिएको ‘बे’ नै बगाउने जोखिम देखिएको छ ।’ 

अघिल्लो बाढीले माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको बिजुली जोड्न निर्माण गरिएको २ वटा ‘बे’मा क्षति पुर्‍याउनुका साथै १३२/३३ केभीको स्विचयार्ड क्षेत्रमा १३० मिटर लम्बाइको कटान गरेको थियो । त्यस्तै, २२० केभीको स्विचयार्ड क्षेत्रमा ३० मिटर कटान गरेको थियो । बाढीले क्षति पुर्‍याएर सबस्टेसन बन्द भए यहाँ जोडिएका ७ विद्युत्‌गृहको करिब ३४० मेगावाट उत्पादन ठप्प हुने देखिएको छ ।

नेपालको उत्तरी भू–भागमा भारी वर्षा नभएको तर तिब्बती क्षेत्रमा वर्षा भएको सुनिएकाेले वर्षा वा पुनः हिमताल फुटेर बाढी आयो भन्ने विषयमा हालसम्म कुनै ठोस जानकारी नआएको प्रमुख ज्याख्वा र इन्जिनिर घिमिरेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३