विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्नो रिभर्स प्रालिले १३.५ मेगावाटको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । ताप्लेजुङ जिल्लाको सिरजङगा गाउँपालिका भएर बग्ने काबेली खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्यययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवालसँग  समक्ष आग्रह गरेको छ ।

विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवालाले पठाउन सक्ने विभागले जनाएको छ । आयोजनाको सम्पूर्ण संरचना काबेली खोलाको बायाँ किनारामा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार काबेली खोलाको पानी ३.३३ किलोमिटर लामो हेडरेस पाइपमार्फत विद्युत गृहमा पुर्याइने छ ।

विद्युतगृहमा जडान गरिने ६.७५ मेगावाटको २ वटा टर्वाइनमा पानी खसाली सो टर्वाइनसँग जोडिएको २ वा ३ फेजको जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ । उत्पादीत विद्युत १३२ केभी प्रसारण लाइन मार्फत ४ किलोमिटर दुरीमा रहेको सुपर काबेली खोला क्यासकेडको विद्युतगृह हुँदै त्यहाबाट करिब १८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको अमरपुर सबस्टेसनमा जोडिनेछ ।

आयोजनाबाट २०८० बैंशाख १ गते विद्युत उत्पादन हुनेछ । आयोजना पूरा भएपछि वार्षिक सरदर ८०.८५६ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit