विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेको, निर्माणाधीन र निर्माणमा जाने तयारीमा रहेको जलविद्युत आयोेजनाको विद्युत प्रवाह गर्न १९ प्रसारण लाइन आयोजना निर्माण गर्न लागिएको छ । अध्ययन पूरा भएको यी लाइनले निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएका छन् ।

विभागका अनुसार विभिन्न जिल्लाको विद्युत प्राणालीमा जोड्नका लागि १९ प्रसारण लाइन आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका छन् । आवेदन दिनेमध्ये सबैभन्दा ठुलो ४०० केभी क्षमताका ५ आयोजना छन् । २२० केभीको एक, १३२ केभीका ८ र ३३ केभीका ५ प्रसारण लाइन आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका छन् ।

अध्ययन पूरा भएका ४०० केभी क्षमताका बेथान देखि दोदोधारासम्मको प्रसारण लाइनको नेशनल ट्रान्समिसन ग्रीड कम्पनी लिमिटेडले अध्ययन सम्पन्न गरी निर्माण अनुमतिका लागि आवेदन माग गरेको विभागको तथ्याङकमा उल्लेख छ ।

यही कम्पनीले ४०० केभीको दोदोधारादेखि कर्मदेवसम्म र फुकोटदेखि बेथानसम्मको प्रसारण  लाइनको अध्ययन पूरा गरी निर्माण अनुमतिका लागि आवेदन दिएको छ । विभागले यी आयोजनाको अनुमति दिने काम अन्तिम चरणमा पुर्याएको छ ।

यस्तै, कर्णाली ट्रान्समिसन कम्पनी लिमिटेडले ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने लाइन निर्माण अनुमतिका लागि आवेदन दिएको छ । मर्स्याङदी ट्रान्समिसन कम्पनी लिमिटेडले पनि माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने लाइन निर्माण अनुमतिका लागि आवेदन दिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

२२० केभीको एक आयोजना भने ब्लु इनर्जीले अध्ययन पुरा गरेर निर्माण अनुमतिका लागि २०७६ भदौ २० गते आवेदन दिएको छ । यस्तै, १३२ केभी क्षमताका आयोजनाले पनि निर्माण अनुमतिका लागि आवेदन दिएका छन् ।

१३२ केभी क्षमताका ८ आयोजनाको निर्माण अनुमतिका लागि विभागमा आवेदन दिएको छ । प्राधिकरणले मात्र भुमही–होकाई, गोदक–सोयाक, लालबन्दीपुर–सलिमपुर र अमरपुर–ढुंगेसाघु, सुर्खेत–दैलेख, भक्तपूर–ठिमी लाइन निर्माण अनुमतिका लागि आवेदन दिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

नार्माजुन मादीको विद्युत प्रवाह गर्न हिमालयन हाइड्रो पावर लिमिटेडले निर्माण अनुमतिका लागि २०७८ पुस १८ गते आवेदन दिएको छ । मध्य सोलु हाइड्रो पावरले मध्य सोलुको विद्युत प्रवाह हुने र श्री मेवा डेभलपर्स प्रालिले मध्यको मेवाको विद्युत प्रवाह हुने लाइन निर्माण गर्ने तयारी गरेका छन् ।

यस्तै, अध्ययन सपन्न भई सकेको ३३ केभीका ५ प्रसारण लाइनले पनि निर्माण अनुमतिका लागि विभागमा आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit