images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीमा निर्माणाधीन १४ मेगावाटको घारखोला जलविद्युत आयोजनाको मुख्य सुरुङ छेडिएको छ । म्याग्दी हाइड्रो पावर कम्पनीले घारखोलामा निर्माण गरिरहेको आयोजनाको ३ हजार ५ मिटर लामो मुख्य सुरुङ खनेर सकिएको हो ।

२ ठाउँबाट खन्न सुरु गरिएको मुख्य सुरुङ साढे २ वर्षमा छेडिएको आयोजना प्रमुख बिनोद देवकोटाले बताए । ‘एकतर्फबाट १६ सय मिटर र अर्कोतर्फबाट १४ सय ५ मिटर सुरुङ खनेर सकिएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अब लाइनिङको काम सुरु गर्दैछौं ।’

उनले अहिलेसम्म सिभिलतर्फ आयोजनाको ७३ प्रतिशत निर्माण सकिएको देवकोटाले जानकारी दिए । आयोजनाको बाँध क्षेत्रका सबै संरचनाको निर्माण सम्पन्न भइसकेको छ । विद्युतगृहमा धमाधम काम भइरहेको छ ।

इलेक्ट्रोमेकानिकल उपकरण आयात भइरहेकाले अब चाँडै जडानको काम सुरु गरिने पनि उनले बताए । पेनस्टक पाइप जडानको काम आधा सकिएको छ । निर्माण अन्तिम चरणमा पुगेको आयोजनाबाट २०७९ जेठदेखि विद्युत उत्पादन गर्ने तालिका छ ।

आयोजनाबाट गत असारदेखि नै विद्युत उत्पादन गर्ने तालिका थियो । कोरोना (कोभिड–१९) महामारीको असर, भौगोलिक विकटता, बाढी र पहिरोको जोखिमलगायत कारणले उत्पादन तालिका प्रभावित हुन पुगेको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न २ अर्ब ४२ करोड रुपैया लागत अनुमान गरिएको छ । आयोजनामा ऐनएमबी बैंकको अगुवाईमा ७० प्रतिशत ऋण लगानी छ । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी रहेको छ ।

आयोजनाबाट उत्पादीत विद्युत ७ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit