विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले १०.५२६३ प्रतिशत बोनस सेयर र लाभांश पारित गर्न साधारण सभाको आह्वान गरेको छ । सञ्चालक समितिको कात्तिक ६ गते बसेको बैठकले आफ्ना सेयरधनी सदस्यहरुलाई बोनस सेयर र लाभांश पारित गर्न  कात्तिक ३० गतेको लागि साधारण सभा बोलाएको हो । 

कम्पनीका अनुसार सभामा आर्थिक वर्ष २०७८/७९ अवधिको मुनाफाबाट चुक्ता पूँजीको ०.५२६३ प्रतिशतको नगद लाभांश र १० प्रतिशत बोनस सेयर  वितरण  गर्ने प्रस्ताव पारित गरिनेछ । साथै, आर्थिक वर्षको लेखा परीक्षक नियुक्त गरी परिश्रमिक समेत निर्धारण गर्ने जनाईएको छ । 

सभामा वार्षिक प्रतिवेदन वित्तीय विवरण, नाफा/नोक्सान हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गरि पारित गरिनेछ । यस्तै सभाले चुक्ता पूँजीकाे १ बराबर १ का दरले हकप्रद सेयर निष्कासन गर्न स्वीकृत प्रदान गर्नेछ ।

कम्पनीले आयोजना गरेको सधारण सभा कात्तिक ३० गते (बुुधबार) बिहान ११ बजे अल्फा बीटा कम्प्लेक्स बानेश्वरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit