विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दुई जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूलाई करिब १८ लाख कित्ता सेयर निष्कासन गर्ने भएका छन् । माया खोला हाइड्रो पावर कम्पनी लिमिटेड र सुपर माई हाइड्रो पावर लिमिटेडले साधारण सेयर निष्कासन गर्ने तयारी गरेका हुन् ।

सय रुपैयाँ अंकित १७ करोड ९० लाख रुपैयाँ बराबरको १७ लाख ९० हजार कित्ता सेयर निष्कान गर्न लागेका छन् । माया खोलाले स्थानीयका लागि १० लाख कित्ता र वैदेशिक रोजगारीमा गएकालाई २ लाख ४० हजार कित्ता सेयर मंसिर २३ गतेदेखि निष्कासन गर्ने तयारी गरेको छ । यस्तै, सुपरमाईले स्थानीयका लागि ५ लाख कित्ता र वैदेशिक रोजगारीमा गएकालाई ५० हजार कित्ता सेयर मंसिर २१ गतेदेखि निष्कासन गर्ने भएको छ ।

संखुवासभामा १४.५ मेगावाटको माया खोला जलविद्युत आयोजना निर्माण गरिरहेको माया खोला हाइड्रो पावर कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने अर्थात १० लाख कित्ता सेयर अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला चैनपुर नगरपालिकाको वडा नम्बर ८ र ९, धर्मदेवी नगरपालिकाको वडा नम्बर ३,४ र ५, मादी नगरपालिकाको वडा नम्बर ४ र ६ का बासिन्दाका लागि ६ लाख कित्ता तथा उल्लेखित वडा बाहेकका स्थायी बासिन्दाका लागि ४ लाख कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशत हुन आउने अर्थात २ लाख ४० हजार किध सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिनेछ । प्रभावित स्थानीयले १० कित्ता देखि १ लाख कित्ता सम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीले १० कित्ता देखि ५० हजार कित्ता सम्म आवेदन दिन पाउने छन् । 

स्थानीयले छिटोमा पुस ८ गते सम्म र ढिलोमा पुस २४ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस ८ गतेसम्मा मात्र आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

यस्तै, इलाममा ७.८ मेगावाट सुपर माई जलविद्युत आयोजना निर्माण गरि सञ्चालनमा ल्याएकाे सुपर माईले सय रुपैयाँ अंकित १० करोड बराबरको १० लाख कित्ता सेयर निष्कासन गर्न लागेकाे छ । कम्पनीका अनुसार १० प्रतिशत हुन आउने अर्थात ५ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरू लागि छुट्याइएको छ ।

४० प्रतिशतले हुन आउने २ लाख कित्ता सेयर आयोजनाका अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका (बरबोटे) ५, इलाम नपाको (सुम्बेक) २, र माईजोगमाई गाउँपालिका ५ सोयाइकाका स्थानीयका ललागि निष्कासन गरिनेछ  । साथै, ६० प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर अति प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीयको लागि निष्कासन गर्ने तयारी गरेको छ ।

यस्तै, कम्पनीले वैदेशिक राेजगारीकामा बसेका नेपालीहरूका लागि छुट्याएको ५ लाख कित्ता सेयर मध्ये १० प्रतिशतले हुन आउने अर्थात ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ । 

स्थानीय र वैदेशिक रोजगारीमा रहेको नेपालीले १० कित्ता देखि २० लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । स्थानीयले छिटोमा पुस ६ गतेसम्म र ढिलोमा पुस २१ गतेसम्म र वैदेशिक रोजगारीमा रहेको नेपालीले पुस ६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit