विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीमा ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको माउन्टेन इनर्जी नेपाल लिमिटेडले १२ मेगावाटको मिस्त्री खोला–२ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले मिस्त्री खोलाको विद्युतगृहबाट निस्केको पानी प्रयोग गरी क्यासकेड आयोजना निर्माण गर्न लागेको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमति दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवर्द्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवाला समक्ष आग्रह गरेको छ ।

आयोजनाको मुख्य संरचनाहरूमा बाँध र विद्युतगृह कालिगण्डकी नदीको बायाँ किनारमा निर्माण हुने गरी डिजाइन तयार पारिएको छ । आयोजनाको बाँधबाट ११६५.१५ मिटर लामो हेडरेस कल्भट हुँदै १३३०.३० मिटर लामो सुरुङ र १५४ मिटर लामो पेनस्टक पाइपमार्फत पानीलाई विद्युतगृहमा पुर्याइनेछ ।

विद्युतगृहमा जडान भएको जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ । आयोजनाको काम २०८३ असारभित्र सम्पन्न गरी उत्पादन सुरु गर्ने लक्ष्य छ । यो आयोजनाबाट ६७.५२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादीत विद्युत १३२ केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत ३ किलोमिटर दुरीमा रहेको मिस्त्री खोला जलविद्युत आयोजनाको स्विचयार्डमा पुर्याई १३२ केभी डबल सर्किट लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit