images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालको विभिन्न जिल्लामा जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएका २० जलविद्युत कम्पनीले ९ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । कम्पनीले सार्वजानिक गरेको आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार यी कम्पनीले तीन महिनाको अवधिमा सो मुनाफा आर्जन गरेका हुन् ।

आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा २० जलविद्युत कम्पनीले ९ अर्ब १७ करोड ६६ लाख १८ हजार १ सय ६१ रुपैयाँ नाफा आर्जन गरेका हुन् । याे अवधिमा यी कम्पनीले विद्युत बिक्री गरी ६ अर्ब ६१ करोड ११ लाख ७६ हजार १ सय ७५ रुपैयाँ आम्दानी गरेका छन् ।

यस्तै, गत वर्ष यही अवधिमा यी मध्ये १८ जलविद्युत कम्पनीले २ अर्ब ८९ करोड ८५ लाख ३८ हजार ९ सय २७ रुपैयाँ मुनाफा आर्जन गरेका थिए । गत वर्ष युनाइटेड मोदी हाइड्रो पावर लिमिटेड १४ लाख ४५ हजार ४ सय रुपैयाँ घाटामा थियो । यस्तै, अप्पर हेवा खोला पावर लिमिटेडले  भने विवरण सार्वजनिक गरेकाे भेटिएन् ।

यस्तै, मुनाफा आर्जन गरेकामध्ये सबै भन्दा धेरै माथिल्लो तामाकोशी हाइड्रो पावर लिमिटेड रहेको छ । यो कम्पनीले ७९ करोड ७७ लाख २६ हजार ५ सय ६९ रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले निर्माण सम्पन्न गरेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

नाफा कमाउनेमा माउन्टेन इनर्जी नेपाल लिमिटेड, चिलिमे जलविद्युत कम्पनी खानी खोला हाइड्रो पावर कम्पनी लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड, राप्ती हाइड्रो हाइड्रो एण्ड जनरल कस्ट्रकसन लिमिटेड, छ्याङदी हाइड्रो पावर लिमिटेड, अरुण काबेली पावर लिमिटेड, युनाइटेड मोदी हाइड्रो पवार लिमिटेड, अप्प्र सोलु हाएड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, अप्पर हेवा खोला पावर कम्पनी लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेड, सानिमा माई हाइड्रो पावर लिमिटेड, नेश्नल हाइड्रो पावर कम्पनी लिमिटेड, रिडी पावर कम्पनी लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड, राधी विद्युत पावर कम्पनी लिमिटेड रहेका छन् ।

मुनाफा आर्जन गरेका आयोजनामध्ये सबै भन्दा कम दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीले पहिलो त्रैमासमा ७९ हजार ६ सय ४६ रुपैयाँ मात्र आम्दानी गरेको छ। याे कम्पनीकाे विद्युत केन्द्रले गत असाेज १७ गतेदेखि व्यापारिक उत्पादन सुरू गरेकाेले नाफा कम भएकाे हाे ।याे अवधिमा १ लाख ८३ हजार ४ सय ८९ रुपैयाँ आम्दानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit