विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २९, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वीरगन्ज महानगरपालिकाले महानगरलाई सुन्दर र सफा बनाउन अव्यवस्थित तार हटाउने काम अभियान कै रुपमा सुरु गरेको छ । अव्यवस्थित रुपमा तानिएको विद्युत, केवल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन सुरु गरेको हो ।

महानगरले घण्टाघर क्षेत्रमा अव्यवस्थित रुपमा रहेको तार व्यवस्थापन गरिसकेको छ । नगरभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियानअनुरुप महानगरले विद्युत तथा टेलिकमको पोलमा गुजुल्ट्याएर राखिएका तार हटाएको महानगरले जनाएको छ ।

महानगरमा सेवा प्रवाह गर्दै आएका इन्टरनेट तथा केवल टिभीका प्रतिनिधिसहित महानगरको टोलीले घण्टाघर चोकदेखि जिल्ला प्रहरी कार्यालय अगाडिसम्म बायाँतर्फको पोलमा रहेको अव्यवस्थित तार हटाएको छ ।

जथाभावी टाँगिएका तारका कारण नगरको सौन्दर्य बिगार्नुका साथै दुर्घटनाको जोखिमसमेत देखिएकाले व्यवस्थित गर्न महानगरले सेवा प्रदायकको सहमतिमै काम थालेको हो । यसअघि टोलीले आदर्शनगर क्षेत्रका पोलमा टाँगिएका तार काटेर हटाएको थियो ।

महानगरले अहिले अभियान चलाएर तार व्यवस्थित गर्ने काम गरिरहेको र आउँदा दिनमा तार तान्दा तोकिएअनुसार मात्रै तार तान्न आग्रह गरेकाे छ ।
यस्तै, सेवा प्रदायकले आगामी दिनमा तारहरू व्यवस्थित ढंगले जडान नगरेको खण्डमा आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइने पनि महानगरले जनाएको छ । महानगरका अनुसार यसअघि अव्यवस्थित तार व्यवस्थापन गर्न बारम्बार सूचना गर्दा पनि सम्बन्धित इन्टरनेट तथा केवल सेवा प्रदायक कम्पनीले वेवास्ता गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit