विद्युत अपडेट

  • प्राधिकरण : ४१६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५३८० मे.वा.घन्टा
  • आयात : २२६० मे.वा.घन्टा
  • निर्यात : १८६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : १३० मे.वा.घन्टा
  • ऊर्जा माग : ५४७५० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २५१० मे.वा.
२०८३ असोज १४, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । निरन्तरको वर्षाका कारण मनाङको घट्टेखोलामा ढुंगा, गिट्टी र बालुवाले मर्स्याङ्दी नदी थुनिएपछि माथिल्लो क्षेत्रमा बनेको तालको पानी निकास गरी नदीको बहाव पूर्ववत् गराउन प्रयास भइरहेको छ । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार थुनिएर बनेको तालबाट पानी निकास गर्ने काम अघि बढाइएको छ । 

नदीको बहाव ढुंगा, गिट्टी र बालुवाले थुनिएपछि त्यसको धार परिवर्तन भएर अहिले आंशिक रूपमा मात्रै पानी बगिरहेको छ । ‘स्थानीय रूपमा उपलब्ध उपकरण, एक्स्काभेटरलगायत प्रयोग गरेर केही काम सुरु गरिएको छ,’ पौडेलले भने, ‘तालको पानी निकास गर्न ठूला ढुंगा फुटाउनुपर्ने अवस्था छ ।’

नदीको धार परिवर्तन भएपछि आसपासका केही घरमा बाढीको पानी पसेको पौडेलले बताए । माथिल्लो क्षेत्रमा नदी थुन्ने ठूला ढुंगा फुटाएर पानीको बहाव खुलाउने तयारी भइरहेकाले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाइएको छ ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले नदीको बहाव सकेसम्म छिटो खुलाउन सके स्थानीय बासिन्दाको त्रास कम हुनुका साथै घर फर्किन सहज हुने बताए । तर, नदीको बहाव अवरुद्ध गर्ने ठूला ढुंगा विस्फोट गराएर हटाउँदा तल्लो क्षेत्रमा समेत जोखिम निम्तिन सक्ने भएकाले सावधानी आवश्यक रहेको उनले बताए ।

बाढीपहिरोका कारण उक्त क्षेत्रमा विद्युत्, खानेपानी, टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएका छन् भने सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको छ । हुम्डे खोलामा आएको बाढीसँगै गएको पहिरोले नासों गाउँपालिका–४ का विभिन्न बस्तीमा समेत ठूलो असर पारेको छ । बाढीको पानी र लेदो बस्तीमा पसेको छ । साब्जे खोलामा सञ्चालित सानो जलविद्युत् आयोजना बाढीका कारण क्षतिग्रस्त भएपछि विद्युत् सेवा पनि अवरुद्ध भएको छ ।

मनाङमा यसअघि पनि ठूलो बाढीको घटना भएको थियो । सन् २०२१ मा घट्टेखोला, थाडो खोला र मर्स्याङ्दी नदीमा आएको बाढीले जिल्लाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३