विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २०७९ भदौदेखि मंसिरसम्मको अवधिमा लमजुङ जिल्लामा निर्माण सम्पन्न ७३ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । जलविद्युत आयोजनाको हब बन्दै गएको जिल्लास्थित दोर्दी कोरिडोरबाट ७२.८४ मेगावाट विद्युत प्रसारण लाइनमा जोडिएको हो ।

१३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै जिल्लामा निर्माण सम्पन्न भएका ४ आयोजनाको बिजुली प्रणालीमा थपिएको हो । हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडकोे २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत् कम्पनीको १२.१ मेगावाटको दोर्दी–१ र आशुतोष इनर्जी लिमिटेडको ८.८३ मेगावाटको चेपोखोलाको विद्युत प्रणालीमा जाेडिएका छन् ।

दोर्दी काेरिडोर क्षेत्रका आयोजनाको बिजुली प्रसारण पूर्वाधार अभावका कारण खेर जाने अवस्थामा रहेपनि गत भदौबाट प्रसारण लाइन सञ्चालनमा आएसँगै राष्ट्रिय लाइनमा धमाधम बिजुली जोडिएको कोरिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलले बताए ।

प्रणालीमा थपिएकामध्ये सबैभन्दा ठूलो २७ मेगावाटको दोर्दी खोला रहेको छ । बेँसीसहर नगरपालिका– ११ रामचोकबेँसीमा पावर हाउस रहेको यस आयोजनाले गत भदौ १५ गतेदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएर असोज १४ गतेदेखि व्यावसायिक रुपमा बिजुली उत्पादन गर्दै आएको छ । २०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाको निर्माण सम्पन्न भएपछि केही महिनाअघि प्रसारण लाइनमा जोडिएको थियो ।

त्यस्तै, दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ को विद्युत प्रणालीमा थपिएको छ । विद्युत् खेर जाने अवस्थाका कारण निर्माणमा पनि ढिलाइ गरिएपनि प्रसारण लाइन बनेपछि काम छिटो सम्पन्न उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ । आयोजनाको निर्माण विसं २०७१ बाट सुरु भएको थियो । विसं २०७४ मा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि चालु आवमा मात्रै सम्पन्न भएको हो ।

दोर्दी गाउँपालिका–६ ढोडेनीमा सम्पन्न १२.१ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजनाले असोज १७ गतेदेखि विद्युत उत्पादन सुरु गरेको छ । विसं २०७४ बाट थालनी गर्दै विसं २०७६ चैत महिनामा पूरा हुने लक्ष्य भए पनि समय थप भएको थियो ।

त्यस्तै, चेपेखोलाको ८.८६ मेगावाट विद्युत भदौ २७ गतेदेखि प्रणालीमा जोडिएको हो । २०७७ कात्तिकदेखि निर्माण सुरु भएको आयोजनाको काम २०७८ चैतमा सम्पन्न गर्ने लक्ष्य भएपनि कोभिड–१९ महामारी र प्राधिकरणको लाइन निर्माणमा भएको ढिलाइले गर्दा उत्पादन तालिका लम्बिएको कम्पनीले जनाएको छ ।

यही जिल्लामा पिपुल्स हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ को काम अन्तिम चरणमा पुगेको छ । यस आयोजनाको काम ९७ प्रतिशत सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit