विद्युत आपूर्ति : प्राधिकरण :५५८० मे.वा.घन्टा / निजी क्षेत्र :४४३३ मे.वा.घन्टा / आयात : १७८१९ मे.वा.घन्टा / ट्रिपिङ :५० मे.वा.घन्टा / ऊर्जा माग :२७८८२ मे.वा.घन्टा/ उच्च माग :१४३६ मेगावाट
×

युनाइटेड इदी मर्दीले साढे २७ लाख खुद नाफा कमायो

२०७७ फाल्गुण १७

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीले २७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा सो मुनाफा आर्जन गरेको हो ।

गत वर्ष यही समयअवधिमा घाटामा रहेको कम्पनीकाे विद्युत उत्पादन आम्दानी बढेसँगै नाफा पनि बढेको हो । कम्पनी गत वर्ष १ करोड ६ लाख २८ हजार रुपैयाँ नोक्सानीमा थियो ।
यस्तै, कम्पनीले ७ मेगावाटको माथिल्लो मर्दी जलविद्युत आयोजनाको बिद्युत बिक्री गरी ७ करोड ५१ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ४ करोड ४८ लाख ७७ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीले अन्य स्रोतबाट पनि १ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ आम्दानी ८९.९१ रुपैयाँ रहेको छ । कम्पनीको कास्कीमा ७ मेगावाटको माथिल्लो मर्दी जलविद्युत केन्द्र सञ्चालनमा छ ।
 

प्रतिक्रिया