विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । सगरमाथा जलविद्युत कम्पनीको सेयर बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि चैत ८ देखि १२ गतेसम्म खुल्ला गरेकाे सेयर बाँडफाँड भएकाे हाे ।

कम्पनीकाे सेयर ३ लाख ५८ हजार १ सय ७६ जना सर्वसाधारणले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेकाे बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएकाे छ । सेयरका लागि १४ लाख ४४ हजार ९ सय ७८ जनाले आवेदन दिएकाेमा ५१ हजार ८ सय २५ जनाको आवेदन रद्द भएको जनाइएकाे छ ।

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशत अर्थात ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको थियो । यसमध्ये १० प्रतिशत अर्थात ४ लाख ३६ हजार ८ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । यस्तै, कम्पनीले ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४ सय कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागि र ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएको थियो  ।

बाँकी ३५ लाख ८१ हजार ७ सय ६० कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो । कम्पनीको इलाममा ९.६ मेगावाटको सुपरमाई ‘ए’ जलविद्युत आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit