विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत सातादेखि देशभरका औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति कटौती गरेको छ । पूर्वको विराटनगरदेखि भैरहवासम्मका औद्योगिक कोरिडोरमा दैनिक १२–१४ घन्टासम्म लोडसेडिङ गरिरहँदा काठमाडौं उपत्यकाका उद्योगलाई भने छुट दिइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपूर्तिको अवस्था संकटपूर्ण हुँदै गएपछि भारतबाट महँगोमा किनेर भए पनि व्यवस्था मिलाउने घोषणा गरेका थिए । तर, त्यो घोषणा उनले पूरा गर्न सकेनन् । अर्कोतिर, उद्योगमै पनि भेदभावपूर्ण व्यवहार गरी उपत्यकाभित्र ‘नो लोडसेडिङ’ र उपत्यका बाहिर ‘लोडसेडिङ’ गरेको देखिन्छ ।

उपत्यकाका ग्राहक तथा उपभोक्ताका लागि लोकप्रिय बन्ने ‘कुलमान अस्त्र’ उनले यसपटक पनि राम्रो ढंगले प्रयोगमा ल्याएको देखिन्छ । ५ वर्ष अगाडि पनि उनले सुरुमा काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरी उपत्यका बाहिरका नागरिकलाई अन्याय गरेका थिए ।

त्यतिबेला, काठमाडौंमा लोडसेडिङमुक्त घोषणा गरिरहँदा उपत्यका बाहिरका नागरिकले दैनिक ४–६ घन्टा र औद्योगिक क्षेत्रले १० घन्टासम्म अँध्यारोमा बस्नु परेको थियो । प्रश्न उठ्छ– के कुलमानका लागि उपत्यकाका नागरिकमात्र उपभोक्ता हुन् ?

वार्षिक ८०–९० अर्ब रुपैयाँ ग्राहकको महसुल उठाएर आम्दानी गर्ने संस्थाले यसरी अन्याय र विभेदपूर्ण तरिकाले विद्युत वितरण गर्नु कहाँसम्मको न्याय हो ? विद्युतको समानुपातिक वितरण गर्न नसकेको हकमा सबै औद्योगिक क्षेत्रलाई समानरूपमा हेरेर त्यही अनुसार आपूर्ति वा लोडसेडिङ गर्नुपर्थ्याे ।

उपत्यकाका सर्वसाधारण ग्राहक वा औद्योगिक ग्राहकलाई पक्षको रूपमा हेर्नुले फेरि पनि घिसिङले यहाँका नागरिकका अगाडि आफ्नो लोकप्रियताको खोल ओढिरहन खोजेको देखिन्छ । र, यही खोलले उनको लाज ढाकिरहला भन्ने मानसिकता बुझिन्छ ।

वीरगन्ज, विराटनगर लगायत ठूलो औद्योगिक कोरिडोरमा लाइन काटेका कारण उद्योगीहरू विरोधमा उत्रिएका छन् । प्राधिकरणले १ मेगावाटभन्दा बढी विद्युत खपत गर्ने उद्योगको मात्र लाइन काटिएको बताएको छ तर उपत्यकाका पाटन, बालाजु औद्योगिक क्षेत्रमा त्यो भन्दा बढी विद्युत अपत गर्ने दर्जनौं उद्योग रहेका छन् ।

विद्युत प्राधिकरणसँग समन्वय भइरहेको र नियमित विद्युत पाइरहेको बालाजु औद्योगिक व्यवस्थापन कार्यालयका इलेक्ट्रिकल इन्जिनियर मित्रकुमार राईले बताए । ‘पिक आवरमा विद्युत खपत कम गर्नु भन्ने निर्देशन आएको छ, उद्योग चल्ने विशेषगरी दिउँसोको समय नै हो,’ उनले भने, ‘राति त कम नै विद्युत खपत हुन्छ ।’ २४सै घन्टा चल्ने उद्योग कम रहेको हुँदा दिउँसो भन्दा राति ५० प्रतिशत कम विद्युत खपत हुने उनको भनाइ छ ।

प्राधिकरणले हटौंडा औद्योगिक क्षेत्रमा दैनिक १२ घन्टा, वीरगन्जमा १० घन्टा, मोरङमा १४ घन्टासम्म लाइन काट्ने गरेको छ । आपूर्ति हुने समयमा पनि दिनको ४–५ पटक अनियमित आपूर्ति हुने गरेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष मनोजकुमार दासले बताए ।

र, याे पनि

१. प्राधिकरणको नेतृत्वले आफू उदांगो हुनु अगाडि नै सोच्ने कि !

२. १४ घन्टासम्म विद्युत कटाैती भएपिछ उद्याेगीहरूकाे आक्राेस : कुलमानले उद्याेगलाई मात्र ढाँटेनन्, देशलाई नै गुमराहमा राखे

३. ३८ रुपैयाँ प्रतियुनिटमा भारतबाट बिजुली किन्ने प्राधिकरणकाे निर्णय, कुलमान भन्छन् : लोडसेडिङ हुन दिँदैनाैं

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit