विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लघुजलविद्युत उत्पादन गर्ने स्थानीय लगानीकर्ताहरूलाई उत्पादन पश्चात १२ वर्षसम्म करमा छुटको व्यवस्था गर्ने योजनाका साथ घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभाको निर्वाचन नजिक आइरहँदा सत्तासिन दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार (कात्तिक १४ गते) उक्त प्रतिवद्धतासहित घोषणापत्र सार्वजनिक गरेका हुन् ।

‘जलविद्युतको विकास, पूँजीको निर्माण र आत्मनिर्भरता’ मूल नाराका लघुजलविद्युत उत्पादन गर्ने स्थानीय लगानीकर्तालाई सहुलियत दरमा ऋणको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ ।

जलविद्युत विकासका क्षेत्रमा घोषणापत्रमा समावेश गरिएका विषयहरू

१) प्रादेशिक सन्तुलन कायम हुने गरी जलविद्युत आयोजना र आन्तरिक प्रसारण लाइन निर्माणलाई तिव्रता दिने,

२) प्रमुख नदी शृंखलामा उत्तर दक्षिण प्रसारण लाइन निर्माण गर्ने, 

३) सबै जिल्लाहरूमा राष्ट्रिय प्रणालीको विद्युत पुर्याउने,

४) छिमेकी मुलुकहरूसँग द्धिपक्षीय तथा बहुपक्षीय व्यापार सम्झौता गरी क्षेत्रीय विद्युत बजारको विकास,

५) इन्धन आयातमा व्यापक कटौति गर्ने, उत्पादीत विद्युत नेपालमै खपत गर्न औद्योगिकरण, विद्युतीय सवारी साधनहरूको प्रयोग, विद्युतीय चुलो र सिँचाईमा सहुलियत दरमा विद्युत उत्पलब्ध गर्ने नीति बनाउने,

६) मझौला एंव जलाशययुक्त बहुउदेश्यीय जलविद्युत आयोजना सातै प्रदेशमा निर्माण गर्ने, 

८) स्वेदेशी तथा विदेशी जलविद्युत निर्माण कम्वनीहरूलाई प्रोत्साहित र आकर्षित गर्ने,

९) जलविद्युत आयोजनाको निश्चित प्रतिशत सेयर एंव उत्पादित बिजुलीको केही अंश प्रतिफलको रुपमा स्थानीय तशले पाउने व्यवस्था ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३