विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले त्रिशूली ३बी–रातमाटे २४.३ किलोमिटर २२० केभी विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले नुवाकोटको किस्पाङमा रहेको २२०/१३२ केभी सबस्टेसनदेखि विदुर नगरपालिका, तारकेश्वर गाउँपालिका हुँदै बेलकोटगढी नगरपालिका–७ मा प्रस्तावित ४००/२२० केभीको रातमाटे सबस्टेसनसम्म डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको हो ।

यसका लागि अनुमति प्राप्तिको प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ । प्रसारण लाइनअन्तर्गत ४९ वटा एङ्गल टावरहरू निर्माण गरिने छन् । टावरको अधिकतम उचाइ ३८ मिटर रहने छ । आयोजना निर्माणका लागि कूल ७२.९३ हेक्टर जमिन आवश्यक पर्ने छ । 

कुल ३० महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको प्रसारण लाइनबाट १ हजार २३४ मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३