विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं  । नेपाल विद्युत प्राधिकरणको चितवनस्थित १३२/३३ केभी भरतपुर सवस्टेसनकाे पावर ट्रान्सफर्मर पड्किएको छ । सबस्टेसनमा जडान भएकाे ३० एमभिएकाे ट्रान्सफर्मर शनिबार पड्किएकाे हाे ।

समस्या बिना नै एक्कासी सबस्टेसनमा जडान भएकाे एउटा ट्रान्सफर्मर पड्किएकाे प्राधिकरण हेटाैंडा ग्रिड महाशाखा प्रमुख राजु श्रेष्ठले बताए । उनका अनुसार सबस्टेसनमा जडान भएका २ मध्ये ३० एमभिएको ट्रान्सफर्मर पड्किएपछि अहिले एउटा ट्रान्सफर्मरबाट मात्रै आपूर्ति व्यवस्था मिलाइएकाे छ ।

अहिले पड्किएकाे ट्रान्सफर्मरकाे स्थानमा अर्काे ट्रान्सफर्मर जडान कार्य भइरहेकाे उनले बताए । उनले ट्रान्सफर्मर पड्किने बितिक्कै छाेटाे समयका लागि ५ वटा फिडरकाे सेवा अवरुद्ध भए पनि अर्काे ट्रान्सफर्मरबाट ती फिडरकाे सेवा सुचारु गरिएकाे बताए ।

सबस्टेसनमा रहेका दुई वटा ट्रान्सफर्मरबाट ५/५ वटा गरी १० वटा फिडर निकालिएका छन् । औद्योगिक–१, गैंडाकोट, भरतपुर–१, भरतपुर–२ र नारायणगढ फिडर जोडिएको ट्रान्सफर्मर पड्किएको हो । ट्रान्सफर्मर राख्ने काम सकिएपछि अर्को ट्रान्सफर्मरमा जडान गरिएको ५ वटा फिडर यही ट्रान्सफर्मरमा जडान गरि सेवा सुरु गरिनेछ ।

‘ट्रान्सफर्मर पड्किने बित्तिकै फल्ट इण्डिकेशनमा केही देखिएको थिएन’, उनले ऊर्जा खबरसँग भने, ‘ब्रेकेर क्लोज गरेर हेरेपछि फल्ट इण्डिकेशनमा डिफरेन्सियल पोर्टेशन भन्ने फल्ट देखियो र ट्रान्सफर्मरमा समस्या आएको थाहा पायाैं ।’

फड्किएकाे पावर ट्रान्सफर्मर २ वर्षअघि मात्रै सबस्टेसनमा जडान गरिएकाे थियाे । ट्रान्सफर्मर पड्किनुकाे कारण थाहा हुन नसकेकाे ग्रिड महाशाखाले जनाएकाे छ । नयाँ ट्रान्सफर्मर न्युनतम  ८–१० वर्षसम्म चल्नुपर्ने भए पनि सबस्टेसनमा जडान भएकाे ट्रान्सफर्मर २ वर्षमै काम नलाग्ने भएकाे हाे । भरतपुर सबस्टेसनबाट प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा विद्युत सेवा वितरण हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit