images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । धादिङको धुनीबेसीमा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको जर्मन टेक्निकल स्कुलमा हाइड्रो पावर सम्बन्धी तालिमका लागि सहकार्य गर्न काठमाडौं विश्वविद्यालय (केयू), नेपाल हाइड्रो पावर एकेडेमी (एनएचए) र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) बिच सम्झौता भएको छ । यी संस्थाहरुबीच बिहीबार (साउन १९ गते) सम्झौता भएको हो ।

सम्झौतापत्रमा केयूका तर्फबाट टेक्निकल ट्रेनिङ सेन्टर (टीटीएस) का डा. दिवाकर विष्ट, एनएचएका तर्फबाट अध्यक्ष विश्वेस्वप्रसाद ढकाल र इपानका तर्फबाट उपाध्यक्ष आषिश गर्गले हस्ताक्षर गरे ।

सम्झौता अनुसार हाइड्रो पावर सम्बन्धि तालिम र इंटर्नशिपका लागि सहकार्य गर्नेछन् । केयूले हाइड्रो पावर सम्बन्धि तालिम लिन इन्छुक विद्यार्थीलाई धादिङमा रहेको प्राविधिक स्कूल सिफारीस गर्ने र एनएचएले केयूका विद्याथीहरूको इन्र्टनसिपका लागि सहयोग गर्ने एनएचएका कार्यक्रम व्यवस्थापक मानस घिमिरेले बताए ।

यस्तै, प्रमाणपत्र पनि सयुक्त रुपमा जारी गरिनेछ । धादिङमा सञ्चालनमा रहेको प्राविधिक स्कूल शेषकान्त फाउन्डेसनले जर्मन एनजीओ जुकुन्फट फर नेपाल अस्टुर्टेम्बर्ग (जेटएफएन) को सहयोगमा प्राविधिक शिक्षा दिने उदेश्यले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit