विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् क्षेत्रको समग्र नियमन गर्ने निकाय विद्युत् नियमन आयोगको अध्यक्ष र ३ जना सदस्य नियुक्तिका लागि योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले बुधबार यी पदमा योग्य उम्मेदवारबाट दरखास्त आह्वान गर्दै सूचना जारी गरेको हो ।

५ सदस्यीय आयोगमा एक जना अध्यक्ष, एक जना महिला सदस्य र बाँकी ३ जना सदस्य रहने व्यवस्था छ । आयोगका अध्यक्ष डिल्लीबहादुर सिंह र महिला सदस्य भागिरथी ज्ञवालीको पदावधि २२ वैशाखदेखि सकिएपछि अध्यक्ष र ३ जना सदस्यको पद रिक्त छ । आयोगमा हाल पदावधि बाँकी भएका एक जना सदस्य गौतम डंगोल मात्र पदमा बहाल रहेका छन् ।

विद्युत् नियमन आयोग ऐन २०७४ अनुसार आयोगको अध्यक्ष पदका लागि दरखास्त दिन नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा रही काम गरेको वा अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा इञ्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी त्यस्तो विषय सम्बन्धी क्षेत्रमा कम्तीमा बीस वर्ष कार्य अनुभव भएको व्यक्ति हुनुपर्ने छ ।

त्यस्तै सदस्य पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा इञ्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी त्यस्तो विषय सम्बन्धी क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।

अध्यक्ष पदमा दरखास्त दिने योग्य उम्मेद्वारले आफूले आयोगमा गएर गर्ने कामहरूबारे रणनीति तथा कार्ययोजना समेत पेश गर्नुपर्ने छ । त्यस्तो रणनीति तथा कार्यायोजनामा कम्तिमा ५० प्रतिशत अंक प्राप्त गर्नेलाई पनि प्रस्तुतिकरण तथा अन्तरर्वार्तामा समावेश गरिने जनाइएको छ ।

यो पनि : नियुक्ति प्रक्रिया सुरु नहुँदा १० दिनपछि पदाधिकारीविहीन बन्दै विद्युत् नियमन आयोग, को–को छन् आकांक्षी ?

यस्ताे छ सूचना 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit