विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्ला केही दिन यता काठमाडौं उपत्यका लगायत देशभर विद्युत् माग बढ्दा आपूर्ति व्यवस्थापनमा केही समस्या देखिएको छ । माग र आपूर्तिबीच सन्तुलन मिलाउन लोड (माग) सिफ्ट (साटफेर) गर्नुपर्ने हुँदा अवरोध देखिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हालसम्म चालू वर्षको विद्युत् उच्च माग गत पुस १९ गते साँझ १४ सय ६६ मेगावाट रेकर्ड भएको छ । गत वर्ष (२०७६) सोही दिनको उच्च माग १२ सय ८६ मेगावाट थियो । यही अाधारमा गत वर्ष यही अवधिकाे तुलनामा यसपटक माग करिब १ सय ८० मेगावाट बढेकाे देखिन्छ ।

यसैगरी, ऊर्जा मागको तथ्यांक हेर्दा गत पुस १९ गते २ करोड ५१ लाख १२ हजार युनिट रेकर्ड भएको छ । गत वर्ष सोही दिनको उच्च ऊर्जा माग २ करोड १० लाख युनिटमात्र थियो । माग बढेका कारण लोड मिलाउँदा थोरै समय लाइन काट्नुपर्ने बाध्यता देखिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए ।

‘सामाजिक सञ्जालदेखि अन्य सञ्चार माध्यममा लोडसेडिङ त कहिले फोर्स लोडसेडिङ भनिएको छ,’ उनले बुधबार ऊर्जा खबरसँग भने, ‘यो कुनै लोडसेडिङ वा फोर्स भन्ने हुँदै होइन । समस्या नदोहोरिने गरी हामी काम गरिरहेका छौं ।’

प्राधिकरणले रेकर्ड गरेको काठमाडौं उपत्यकाभित्रको उच्च माग पुस १९ गते ३ सय ८३ मेगावाट छ । जबकि, गत वर्ष यही समयमा उपत्यकाभित्रको उच्च माग ३ सय ८० मेगावाट थियो । केही दिन अघि प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले यस वर्ष काठमाडौंको लोड ७० मेगावाट घटेको बताएका थिए ।

प्राधिकरणको तथ्यांक र घिसिङको अभिव्यक्तिबीच तादम्य मिलेको देखिँदैन । उपत्यकाभित्रको उच्च माग करिब गत वर्षकै हाराहारीमै देखिन्छ । गत वर्ष पनि उपत्यकाभित्र सामान्य ट्रिपिङ भएको थियो । तर, ट्रिपिङको दर गत वर्षभन्दा घटेको पनि प्राधिकरणले जानकारी दिएको छ ।

गत वर्ष (२०७६) साउनदेखि पुससम्म उपत्यकामा २२ पटकसम्म प्रणाली ट्रिप (अवरोध) भएकोमा चालू वर्षको सोही समयमा १० पटकसम्म समस्या आएको छ । यसो हुनु उपत्यकाभित्रको वितरण प्रणालीमा सुधार आउनु हो ।

भार प्रेषण केन्द्रका अनुसार गत वषए मंसिरमा बालाजु सबस्टेसनमा प्राविधिक कारणले ५४ घन्टा लाइन काटिएको थियो । चालू वर्षको सोही अवधिमा ४९ घन्टामात्र काटिएको छ । यस्तै, सोही महिनामा गत वर्ष बानेश्वरमा २८ घन्टा, लैनचौर सबस्टेसनमा १७ घन्टा र टेकू सबस्टेसनमा १२ घन्टा लाइन काटिएको थिायो । चालू वर्षको सोही महिनामा बानेश्वर सबस्टेसनमा १९ घन्टा, लैनचौरमा ४.२५ घन्टा र टेकू सबस्टेसनमा ६ घन्टा मात्र लाइन काटिएको छ ।

प्राधिकरणले यस पटक खिम्ती–लामोसाँघु प्रसारण लाइनमा सिटी (करेन्ट ट्रान्सफर्मर) क्षमता अनुसार सञ्चालन गरेर करिब २० मेगावाट बोक्न सक्ने बनाएको छ । यूतै, ढल्केबर सबस्टेसनमा ३१५ एमभिएको ट्रान्सफर्मर जडान गरी ३ सय ५० मेगावाटसम्म विद्युत् भारतबाट किन्ने आधार बनाएको छ ।

गत वर्ष ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट २ सय ५० मेगावाटसम्म किन्न सकिन्थ्यो । उता टनकपुरबाट ७० मेगावाटसम्म किन्ने व्यवस्था मिलाइएको छ । चालू वर्ष भारतबाट उच्चतम ६ सय ३४ मेगावाट (पुस १४ गते) आयात गरिएको थियो । गत वर्षको तुलनामा लोड बढेका कारण भारतबाट बढी किन्न परेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit