विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लगानी बोर्ड, नेपालले आसन्न लगानी सम्मेलनका लागि ९२० वटाभन्दा बढी संघ–संस्था तथा व्यक्तिलाई निम्तो पठाएको छ । ‘इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिट २०२४’ नाराका साथ बैशाख १६ र १७ गते आयोजना गर्न लागिएको सम्मेलनमा आमन्त्रण गर्दै विश्वका सरकार प्रमुख, धनाढ्य व्यक्तिहरू, लगानीकर्ता, उद्योगी, विकास साझेदार लगायतलाई निम्तो पठाइएको हो ।

त्यसमध्ये हालसम्म ८० व्यक्ति तथा प्रतिनिधिले मात्र लगानी सम्मेलनमा उपस्थिति हुने सुनिश्चित गरेको बोर्डका प्रवक्ता एवम् सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले ऊर्जा खबरलाई बताए । ‘निम्तो पठाउने र निश्चित गर्ने क्रम बढ्दो छ,’ उनले भने, ‘समय बाँकी नै रहेकोले विदेशी प्रतिनिधिको संख्या बढ्न सक्छ ।’ उनका अनुसार बोर्डले भारत र चीनसहित एक दर्जनभन्दा बढी देशका राष्ट्रपति, प्रधानमन्त्री तथा अर्थमन्त्रीहरू सहित विश्वकै धनाढ्य एलन मस्क, ज्याकमा, मुकेश अम्बानी, गौतम अडानी जस्ता डेढ दर्जनभन्दा बढी व्यक्तिलाई समेत निम्तो पाठाइएको छ ।

लगानीकर्ता आकर्षित प्रि–इभेन्ट सेमिनार

लगानी सम्मेलनमा सकेसम्म बढीभन्दा बढी विदेशी सहभागीता जुटाउन विभिन्न देश तथा मुख्य सहरमा ‘प्रि–इभेन्ट सेमिनार (कार्यक्रमपूर्वका गोष्ठी) हरू आयोजना भइरहेका छन् । हालसम्म चीन, हङकङ र बंगलादेशमा यस्तो सेमिनार सम्पन्न भइसकेको उपाध्यायले जानकारी दिए ।

बोर्डका अनुसार चीनको बेइजिङस्थित नेपाली राजदूतावास, छेन्दु, ग्वाङ्झाओ र हङकङमा रहेका वाणिज्य दूतावासहरूको आयोजनामा छुट्टाछुट्टै ५ वटा सेमिनार भइसकेका छन् । त्यस्तै, बंगलादेशस्थित नेपाली दूतावासको आयोजनामा ढाकामा सेमिनार सम्पन्न भएको छ । भारतमा पनि त्यस्तै सेमिनार आयोजना गर्ने तयारी रहेको जनाइएको छ । यस्ता गतिविधिले सम्बन्धित देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, प्रसाशक, उद्योगी तथा लगानीकर्तालाई नेपालका लगानी सम्भाव्य क्षेत्र तथा लगानी सम्मेलनबारे जानकारी प्रवाह गर्ने अपेक्षा गरिएको छ । क्रमशः खाडी तथा पश्चिमा देशहरू सहित सम्भव भएका सबै ठाउँमा यस्ता सेमिनारको आयोजना गरिने बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए ।

सोकेसमा १३५ आयोजना, ४ आयोजनाको  सम्झौता हुने

सम्मेलनका लागि सरकारले लगानी सोकेसमा १३५ आयोजनालाई समावेश गरेको छ । यी मध्ये ११९ परियोजना सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडेलमा अघि बढाउने गरी तयारी भएका छन् । त्यस्तै, ९ वटा आयोजना निजी क्षेत्रले लगानी गर्ने गरी सरकारले तयार पारेका छन् । बाँकी ७ वटा निजी क्षेत्रले लगानी ल्याउनका लागि सोकेसमा समावेश गर्न प्रस्ताव गरिएको छ ।

त्यस्तै, यसमध्ये झण्डै पौने २ खर्ब रुपैयाँ लागत अनुमान गरिएका ३ आयोजनाको आयोजना विकास सम्झौता (पिडिए) गर्ने तयारी समेत गरिएको छ । पिडिएको तयारीमा रहेका आयोजनाहरूमा नेपाल–चीन मैत्री औद्योगिक पार्क (७८ करोड ६० लाख अमेरिकी डलर), माथिल्लो मस्र्याङ्दी–२ जलविद्युत् आयोजना (६४ करोड ७० लाख अमेरिकी डलर), २५० मेगावाट ग्रिड कनेक्टेड सोलार परियोजना कोहलपुर तथा ४० मेगावाटको वाणगंगा जलाशय आयोजना (१९ करोड ८० लाख अमेरिकी डलर) छन् । त्यस्तै, डाबर नेपाल प्रालिले ९ अर्ब रुपैयाँ लगानी थप्ने विषयमा पनि सम्झौता हुने भएको छ ।

त्यसैगरी, आशयपत्र जारी (एलओआई) भएका १७, विचाराधीन अवस्थामा रहेका ३७ परियोजना छन् । नेपाल विद्युत् प्राधिकरणसहित विभिन्न कम्पनीले अघि बढाएका लगानी खोजिरहेका २९ जलविद्युत् तथा प्रसारण लाइन आयोजनालाई पनि सोकेसमा समावेश गरिएको छ । स्थानीय तहका ५ आयोजनासमेत त्यसमा समावेश छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit