विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काभ्रेको पनौती क्षेत्रको विद्युत सेवा ४ दिन प्रभावित हुने भएको छ । भर्खरै विस्तार भएको बनेपा–खोपासी सडक खण्डका विद्युतीय पोल सार्न विद्युत लाइन काट्न लागिएको हो । यो खण्डको बाटो विस्तारको स्थानका ११ केभी वितरण लाइनका विद्युतीय पोल सार्नुपर्ने भएकाले पुस २६ गतेसम्म दैनिक ८ घन्टासम्म विद्युत लाइन काटिने नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रका अनुसार बिहीबार बिहान ९ बजेदेखि नै लाइन काटिएको छ ।

२६ गतेसम्म दैनिक बिहान ९ देखि साँझ ५ बजेसम्म विद्युत लाइन काटेर विद्युतीय पोल सारिने भएको छ । विद्युत लाइन काटिँदा पनौती नगरपालिकाका नैकिन्टार, चौकोट, ढलमले, सब्बागाउँ, ठाडोबाटो, बनौती बजार, खरिबोट, कुशादेखी, पर्खालचौर, मानेदोभान, मल्पी तथा रोशी बजारलगायत स्थानको विद्युत सेवा प्रभावित भएको छ । 

मेघौली फिडरको सेवा ५ घन्टाका लागि बन्द 

चितवनस्थित चनौली वितरण केन्द्रले हेर्ने मेघौली फिडरको सेवा अवरुद्ध भएको छ । वितरण केन्द्रले चनौलीबाट दद्रेनीतर्फ जाने ११ केभी वितरण लाइन मर्मत गर्न बिहान ११ बजेदेखि फिडरको लाइन काटेको हो । लाइन मर्मतको काम सकिएपछि दिउँसो ४ बजेबाट विद्युत आपूर्ति नियमित गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले लोडसेडिङ अन्त्यपछि सबस्टेसन, प्रसारण तथा वितरण लाइन मर्मत एवं स्तरोन्नति गर्न ग्राहकलाई अग्रिम सूचना दिएर विद्युत लाइन काट्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit