नेपालको ऊर्जा क्षेत्रमा अहिले पुनः एउटा महत्त्वपूर्ण बहस सतहमा आएको छ– नेपाल विद्युत् प्राधिकरणलाई उत्पादन, प्रसारण र वितरण कम्पनीहरूमा विभाजन गर्ने कि नगर्ने ? विद्युत् क्षेत्र सुधारका नाममा विगत दुई दशकदेखि विभिन्न अध्ययन, दातृ निकाय, नीति निर्माताहरू र ऊर्जा क्षेत्रका सरोकारवालाहरूले य...}