वर्षौँदेखि खडेरीको ख्याकले खाएर खाएर
संवेदना सुक्दै गएको सहरको माझ चौकबाट
एक दिन एक जना स्वघोषित मसिहाले
पानीको समस्या अन्त्य हुनेबारे घोषणा करायो –
अब छिटै नै
प्रत्येक बिल्डिङको छतछतमा स्विमिङ पुल हुनेछ !
चौडादार छत हुनेहरू मुसुमुसु हाँसे,
छत नहुनेहरूले चाहिँ थप्पडी मारे परररर...
मा...}