विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत १३, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

र्षौँदेखि खडेरीको ख्याकले खाएर खाएर
संवेदना सुक्दै गएको सहरको माझ चौकबाट
एक दिन एक जना स्वघोषित मसिहाले
पानीको समस्या अन्त्य हुनेबारे घोषणा करायो –
अब छिटै नै
प्रत्येक बिल्डिङको छतछतमा स्विमिङ पुल हुनेछ !

चौडादार छत हुनेहरू मुसुमुसु हाँसे,
छत नहुनेहरूले चाहिँ थप्पडी मारे परररर...
मानौँ पानी बर्सिएको हो अचानक !

म्युनिसिप्यालिटीका जलदेवता झन् खुशी भए–
जलैजलको जवाहरले जाज्वल्यमान् देखे आफैँलाई !

तर हेर्दाहेर्दै
यता हरेक छतमा तलामाथि तला थपियो...
अनि उता कन्चनजङ्घा होचियो
पानी बोक्ने ट्याङ्करको सङ्ख्या बीस गुणा बढ्यो
जसबाट डिस्टब्र्ड भइरहन्छ स्वच्छन्दता ती खोल्सा र झोडाको

बालासन खोलालाई उकालै बग्न हुकुम हुने हल्ला पनि चल्यो
तर हल्ला हरायो, कि बालासनले टेरेन राजा क्यान्युटलाई
लालढिकी धारामा पानी थाप्नेहरूको भीड उस्तै छ
फरक यत्ति छ कि उहिले यसको वरिपरि
ताँबा र पित्तलका गाग्रीहरू हुन्थे, नभए हलुङ्गे
अचेल हुन्छ अचिनारु लाग्ने जेरिकेनहरूको भीड
र त्यो भीडले सुनेकै छैन लालढिकीको कथा

उहिले चोकबजारको फाँटिलो फाँट पखाल्ने
होज पाइपको पानीको शक्ति खोइ कतातिर मोडियो ?
सारा सहर गन्हाउँदैछ दङ्दङ्...
हिमाली वर्षाले बर्सिदिएर पखाल्न खोज्छ
तर नाली उल्टेर वर्षाको पानीलाई बदनाम गरिदिन्छ ।

तल्तिर बिचरी त्यो भिक्टोरिया फल्सलाई
जहिल्यै मैलो गन्हाउने नाइटी पहिराएर
सहरको मैला बोक्न विवश पारिएको छ ।

७ अगस्ट २०२२

प्रतिक्रिया दिनुहोस

मनप्रसाद सुब्बा

झण्डै ४ दशकदेखि साहित्यिक जगतमा छाएका दार्जिलिङ निवासी मनप्रसाद सुब्बा वरिष्ठ कवि हुन् । उनी नेपाली र अंग्रेजी भाषामा समानान्तररूपमा कलम चलाउँछन् ।

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३