विद्युत अपडेट

  • प्राधिकरण : ८५६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८१२३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३३२४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : १८९०१ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६००१४ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २८१० मे.वा.
२०८३ कार्तिक २१, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ । उज्यालो पर्वमा आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणाली चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको छ ।

तिहार तथा छठ पर्वका समयमा प्रणालीको नियमित सञ्चालन र आपूर्ति व्यवस्थापन गर्न प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले सम्भावित चुनौतीको व्यवस्थापनबारे मातहतका निकायलाई सचेत र सजग गराएका छन् । भार प्रेषण केन्द्र, ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतका प्रादेशिक तथा प्रदेश डिभिजन कार्यलय प्रमुखसँग बैठक गरी आपूर्ति व्यवस्थापन, प्रणाली निगरानी र आवश्यक जनशक्ति परिचालनबारे छलफल तथा समन्वय गरिएको छ । 

कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सम्पूर्ण तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । कुनै समस्या देखिएमा तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न समेत उनको निर्देशन छ ।

यसैगरी, प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न बाँकी कार्य तत्काल सम्पन्न गरी विद्युत् आपूर्तिमा हुन सक्ने सम्भावित अवरोध न्यूनीकरण गर्न निर्देशन दिइएको छ । आपूर्ति सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा प्राप्त हुने फोन नियमित उठाउने र गुनासो व्यवस्थापन प्रभावकारी बनाउनसमेत निर्देशन दिइएको छ ।

तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत् अधिकतम माग करिब १ हजार ७०० मेगावाट रहने अनुमान छ । सो अवधिमा विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट हुने प्रक्षेपण छ । प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा विद्युत्को सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारहरूको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न तथा विद्युत् चुहावट वा तारमा समस्या देखिएमा आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन अनुरोध गरिएको छ ।

विद्युत् आपूर्तिसम्बन्धी समस्या वा गुनासो भएमा नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३