काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्व–प्रबन्धक तथा समाज–अर्थशास्त्री डा. दीपक चौधरीले कर्णाली प्रदेशको कालीकोट जिल्लामा पहिचान भएका दुई ठूला जलविद्युत् आयोजनामा लगानी व्यवस्थापन भई निर्माण प्रक्रिया सुरु हुनु अत्यन्त सुखद रहेको बताएका छन् । सरकार तथा निजी क्षेत्रले निर्माण गर्ने भन...