विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ भदौ ३, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्व–प्रबन्धक तथा समाज–अर्थशास्त्री डा. दीपक चौधरीले कर्णाली प्रदेशको कालीकोट जिल्लामा पहिचान भएका दुई ठूला जलविद्युत् आयोजनामा लगानी व्यवस्थापन भई निर्माण प्रक्रिया सुरु हुनु अत्यन्त सुखद रहेको बताएका छन् । सरकार तथा निजी क्षेत्रले निर्माण गर्ने भन्ने दशकौँदेखिको बहसले सार्थकता पाएको र त्यसमा निजी क्षेत्रले अग्रसरता लिएकोमा खुसी व्यक्त गरेका हुन् ।

निजी क्षेत्रको यो उत्साहजनक भूमिकामा सरकारले साथ, सहयोग र सहजीकरण गरिदिनुपर्ने धारणा पनि उनले व्यक्त गरेका छन् । उनले मध्यम स्तरका उच्च क्षमताका प्रसारण लाइन पनि अब निजी क्षेत्रलाई निर्माण गर्न दिनुपर्ने धारणा राखेका छन् ।

कालीकोट जिल्ला भएर बग्ने तीला नदीमा ४४० मेगावाटको तीला–१ जलविद्युत् आयोजनामा एससी पावर कम्पनी प्रालिले निर्माण गर्ने गरी भदौ २ गते वित्तीय व्यवस्थापन भएको छ । यस्तै, सोही नदीमा बन्ने ४२० मेगावाटको तीला–२ मा भदौ १ गते लगानी सम्झौता भएको छ ।

डा. चौधरीले राखेको धारणा जस्ताको तस्तै तल प्रस्तुत गरिएको छः

दुई वर्षअघि जलस्रोतसम्बन्धी एकेडेमिक लेखनका क्रममा निजी क्षेत्रका केही लगानीकर्तासँग कुरा हुँदा, आफ्नै स्रोतबाट करिब १०० मेगावाटसम्मको जलविद्युत् आयोजना निर्माण सजिलै गर्न सकिने कुरा सुनेको थिएँ । आज निजी क्षेत्रले करिब ४४० मेगावाटको तीला-१ र ४२० मेगावाटको तीला-२ जलविद्युत् आयोजना निर्माण गर्न अघि बढ्नु देशका लागि अत्यन्तै खुसीको कुरा हो । तीला आयोजना बन्ने कुरा दशौँ वर्षदेखि सुनिँदै आएकोमा निजी क्षेत्रले बनाउन खोज्नु स्वागतयोग्य छ ।

मैले भन्दै आएको छु, सरकारले आफैँले साना अर्थात् १/२०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यमा मात्र केन्द्रित हुनुभन्दा ठूला जलाशय आयोजना निर्माणमा प्राथमिकता दिनुपर्छ । अर्को प्राथमिकता भनेको उत्पादित विद्युत् खेर जान नदिन उच्च क्षमताका हाइभोल्टेज प्रसारण लाइनको विस्तार गर्न नितान्त आवश्यक छ, जसले देशभित्र विद्युत् आपूर्ति सहज बनाउनुका साथै भारततर्फ विद्युत् निर्यात गर्नसमेत सहयोग पुर्‍याउने छ । निजी क्षेत्रलाई साना हाइभोल्टेजका प्रसारण लाइन बनाउने जिम्मा दिन पनि आवश्यक छ, कुनै एउटा रिइन्भरसमेन्ट, कन्सेसन वा पूरै आर्थिक मोडेलमा । अबको नेपालको आर्थिक प्रगतिको आधार भनेकै जलविद्युत्‌ विकास नै हो ।

त्यसैगरी, विद्युत् वितरण प्रणालीलाई पनि थप आधुनिक, भरपर्दो र प्रभावकारी बनाउन आवश्यक छ र यसमा लगानी बढाउन जरुरी ठान्छु । उत्पादन बढ्दै गए पनि वितरण प्रणाली कमजोर हुँदा समय समयमा विद्युत् अवरोध हुने समस्या कायम रहन सक्छ । त्यसैले उत्पादन, प्रसारण र वितरण तीनै क्षेत्रमा आवश्यकताको आधारमा समानान्तररूपमा लगानी र आधुनिकीकरण गर्दै अघि बढ्नु नै नेपालको ऊर्जा विकासको दीर्घकालीन बाटो हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३