विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साढे ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न दुई जलविद्युत कम्पनीलाई अनुमति दिएको छ । बोर्डले डोल्टी पावर कम्पनी लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडलाई सेयर निष्कासन अनुमति दिएको हो ।

दुई जलविद्युत कम्पनीलाई ३२ करोड ४१ लाख ६१ हजार सय रुपैयाँ बराबरको  ३२ लाख ४१ हजार ६ सय १८ कित्ता साधारण सेयर निष्कासन अनुमति दिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार दुवै कम्पनीलाई माघ १६ गते (सोमबार) अनुमति दिइएको हाे ।

भूगोल इनर्जीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १ सय ६० कित्ता साधारण सेयर निष्कासन अनुमति पाएको छ । यस्तै, डोल्टी पावरले पनि स्थानीय र सर्वसाधारणका लागि १६ लाख ९ हजार ४ सय ५८ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको हो ।

यी कम्पनीले पहिलाे चरणमा आयाेजना प्रभावित स्थानीयका लागि छुट्याएकाे साधारण सेयर निष्कासन गरी बाँडफाड गर्नेछन् र दाेस्राे चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit