विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बाराही हाइड्रो पावर पब्लिक लिमिडेको सेयर बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा रहेको एनआइबिएल एस क्यापिटल लिमिटेडले पुस ३ गतेदेखि (आइतबार) सर्वसाधारणका लागि निष्कासन गरेको सेयर बाँडफाँड भएकाे हो । 

कम्पनीको सेयर ५१ हजार ५ सय २२ जनाले गोलाप्रथाबाट १०/१० कित्ता सेयर एको बिक्री प्रबन्धक क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार ११ लाख ९२ हजार ४ सय ९४ जनाको आवेदन परेको थियो ।

कम्पनीको सेयरको लागि १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताका लागि आवेदन दिएका थिए । आवेदन दिएका मध्ये ६५ हजार ९ सय २७ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाइएको छ । 

कम्पनीले सर्वसाधारणका लागि मंसिर २१ गतेदेखि मंसिर २६ गतेसम्मका लागि सेयर निष्कासन गरेको थियो । कम्पनीले स्थानीयमा निष्कासन गरेको सेयरमध्येमा १ लाख ४ हजार कित्तामा आवेदन प्राप्त नभएपछि उक्त सेयर सहित सर्वसाधरणका लागि छुट्याएको ४ लाख ५० हजार कित्ता सहित कुल ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेको थियो । 

निष्कासित सेयरमध्ये ५ प्रतिशतले हुन आउने २७ हजार ७ सय कित्ता सेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको र २ प्रतिशतले हुन आउने अर्थात ११ हजार ८० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो ।

कम्पनीको बाग्लुङमा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७५ असार २४ गतेदेखि निरन्तर विद्युत उतपादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit