विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भक्तपुर प्रहरीले आफ्ना सहकर्मी साथीमाथि हातपात गर्ने रघु केसीविरुद्ध कारबाही प्रक्रिया सुरु नै नगरी छोडिदिएको नेपाल विद्युत प्राधिकरणका कर्मचारीले आरोप लगाएका छन् । प्राधिकरण ठिमी वितरण केन्द्रका कर्मचारीले महानगरीय प्रहरी विट ठिमीले भक्तपुर सिरुटारका ग्राहक केसीलाई पक्राउ परेको भोलिपल्ट (माघ १५ गते) छोडिदिएको आरोप लगाएका हुन् ।

प्रहरीले किटानी जाहेरीका आधारमा केसीलाई पक्राउ गरेको भए पनि प्राधिकरणसँग समन्वय नै नगरी छोडिदिएको वितरण केन्द्रका मिटर रिडिङ सुपरभाइजर प्रमोद खड्काले बताए । उनले आफुहरूलाई कानुनले पनि न्याय दिन नसकेको गुनासो गरे । 

‘उनी विरुद्धको कारबाही प्रक्रिया के हुँदैछ भनेर बिहान प्रहरी कार्यालयमा बुझ्न जाँदा केसी छुटिसकेका रहेछन्,’ उनले ऊर्जा खबरसँग भने, ‘प्राधिकरणले किटानी जाहेरी नदिएकाले छोडिएको भन्ने प्रहरीको जवाफ आयो । तर, हामीले आधिकारिकरूपमै किटानी जाहेरी दिएका थियौं । प्रहरीले हाम्रो जाहेरी रद्दीको टोकरीमा फालेर केसीलाई उन्मुक्ति दियो ।’ 

प्रहरीले केसीलाई भोलिका दिनमा यस्ता घटना नदोहोर्याउने प्रतिवद्धता गराएर छोड्न प्राधिकरणसँग समन्वय गर्नुपर्नेमा यतिकै छाडेको उनको गुनासो छ । उनले केसी जस्ता व्यक्तिले सहजै उन्मुक्ति पाउने हो भने ग्राहकको घरसम्म महसुल उठाउन पुग्ने प्राधिकरण कर्मचारीमाथि आक्रमणको श्रृङ्खला नरोकिनेसमेत बताए ।

केसीको ३१ महिनाको विद्युत महसुल उठाउन सिरुटार पुगेका कर्मचारीमाथि गत माघ १३ गते हातपात भएको थियो । विद्युत लाइन काटेर महसुल उठाउन वितरण केन्द्रबाट गएका कृष्णबहादुर सुवाल, गोबिन्द श्रेष्ठ, र बाबा ढकालमाथि भौतिक आक्रमण गरेका थिए । वितरण केन्द्र र कर्मचारीको किटानी जाहेरीपछि प्रहरीले माघ १४ गते केसीलाई पक्राउ गरी १ दिन थुनामा राखेर भोलिपल्ट छोडेको थियो । 

याे पनि पढ्नुहाेस् महसुल नतिर्ने ग्राहकको लाइन काट्न जाँदा भक्तपुर सिरुटारमा कर्मचारीमाथि हातपात

घटनापछि उनले प्राधिकरण कार्यालयमा आएर बाँकी २२ हजार रुपैयाँ विद्युत महसुल तिरेका थिए । उनले विद्युत महसुल बुझाए पनि प्राधिकरणले घरमा लाइन जोडेको छैन । प्राधिकरण चुहावट नियन्त्रण नियमावली अनुसार निरन्तर ६० दिनसम्म महसुल नतिरे त्यस्तो ग्राहकलाई कालोसूचीमा राखेर लाइन काट्नुपर्ने व्यवस्था छ । 

याे पनि पढ्नुहाेस् प्राधिकरण कर्मचारीमाथि हातपात गर्ने रघु केसी पक्राउ

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit