विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पछिल्ला दिनहरूमा देशमा बढ्दै गएको विद्युत संकटका कारण प्रमुख औद्योगिक कोरिडोरका उद्योगहरू दैनिक १६ घन्टासम्मको लोडसेडिङले थला परेको उल्लेख गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले बिनाजानकारी विद्युत कटौती गरेकोमा आपत्ति प्रकट गर्दै यसको छिटो समाधान खोज्न पनि उद्योगीहरूले आग्रह गरेका छन् । महासंघले शनिबार विज्ञप्ति जारी गर्दै औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेको उल्लेख गरेको छ ।

यसैगरी, प्रमुख औद्योगिक करिडोरहरूका सयौं उद्योगहरू दैनिक बिना कुनै पूर्वसूचना १२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थला पर्ने अवस्थामा पुुगेको विज्ञप्तिमा जनाइएको छ । यसले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा प्रतिकुल असर पर्नुका साथै मुलुुकको अर्थतन्त्रमै गम्भीर संकट आउने तर्फ निजी क्षेत्र चिन्तित भएको पनि जनाइएको छ ।

चर्को लोडसेडिङले अब उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको तर्फ ध्यानाकर्षण गराउंदै अविलम्ब समस्या समाधानमा सहयोग गर्न सयौं उद्योगले महासंघलाई अनुरोध गरेको जनाइएको छ । लामो समय विद्युत कटौती, ट्रिप्लिङ, लो भोल्टेज लगायत समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपरझट विद्युत आपूर्ति बन्द हु“दा करोडौं पर्ने मेसिनहरूमा क्षति पुुग्ने समस्याहरू बढिरहेका छन् ।

यसैगरी, उद्योग सञ्चालन नहु“दा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हु“दा सामान डेलिभरी, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाने, बैंकको चर्को ब्याज र सा“वा भुक्तानी लगायतमा गम्भीर समस्या पर्न गएको तर्फ महासंघले सरकार र प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।

प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनी विगतमा पटकपटक गरेको प्रतिवद्धताको पनि महासंघले स्मरण गराएको छ । ‘यसले मुुलुुकको औद्योगिकरणको यात्रामै गम्भीर धक्का दिनेमा हाम्रो चिन्ता छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एकातर्फ प्राधिकरणले नै विद्युत खपत बढाउन आग्रह गर्ने र अर्कोतर्फ बिनासूचना घन्टौं विद्युत आपूर्ति अवरुद्ध पार्नुले थप चिन्ता प्रकट गरेको छ ।’

उत्पादन लागत निरन्तर बढीरहेको अहिलेको अवस्थामा पुनः चर्को लोडसेडिङको समस्याले मुलुकको निर्यातमा गम्भीर धक्का लाग्ने र यसले समग्रमा मुलुकको सोधनान्तर घाटालाई थप फराकिलो बनाउनेतर्फ सरकारलाई सचेत गराइएको छ । विद्युतको नियमित आपूर्ति हुन नसक्ने हो भने आर्थिक वृद्धिको प्रक्षेपणमा धक्का लाग्ने, उद्योगहरूको प्रतिस्पर्धी क्षमता गुुम्न गई समग्रमा निर्यात नै प्रभावित हुने देखिएको छ ।

विद्युत उर्जाको विकल्पमा जेनेरेटर प्लान्टबाट उद्योग सञ्चालन गर्दा उच्च लागत पर्ने र अहिले इन्धनको बढ्दो लागतका कारण त्यो असम्भव प्रायः देखिन्छ । साथै, त्यसरी उत्पादन गरेका वस्तुु आपूर्ति गर्दा बजारमा सिर्जना हुने मूल्यवृद्धिले आमजनजीवन थप कष्टकर हुने उद्योगीहरूले औंल्याएका छन् । 

अतः विद्यमान समस्याको तत्काल समाधानका लागि कुटनीतिक माध्यमबाट भारतस“ग छलफल गरी नेपाललाई दिंदै आएको बिजुली नियमित आपूर्ति गर्नेतर्फ अविलम्ब पहल गर्न महासंघले आग्रह गरेको छ । त्यस्तै, उद्योगहरूमा विद्यतु कटौती हुने तालिका सार्वजनिक गर्न र ‘बिजुली दिन्छु’ भनेको समयमा निर्वाध विद्युत आपूर्तिको सुनिश्चिता दिलाउनसमेत माग गरिएको छ ।

निजी क्षेत्रका ऊर्जा उत्पादकहरूस“ग थप ऊर्जा उत्पादन गर्न सक्ने क्षमता भएकाले प्राधिकरणले तत्काल छलफल गरी समाधानको उपाय निकाल्नुुपर्ने, विद्युत खरिद सम्झौता (पिपिए) तत्काल खोल्न र आयातित विद्युतको गुणस्तरमा ध्यान दिनुुपर्नेतर्फ जोड दिइएको छ । चौतर्फी संकटमा रहेका उद्योगहरूले पछिल्लो पटक भोग्नुु परेको उर्जा समस्या समाधानमा सरकारलाई गम्भीर हुन आग्रह गर्दै समस्या समाधान नभएमा जुनसुकै समय उद्योगहरू बन्द गर्नुपर्ने इंगित गरिएको छ ।

र, याे पनि

१. औद्योगिक क्षेत्रमा दैनिक १५ घन्टासम्म विद्युत कटौती, प्राधिकरण सूचना दिँदैन न केही बोल्छ

२. अब औद्योगिक क्षेत्रमा घोषित लोडसेडिङ, ‘दुई चार दिनको कुरा हो, गार्हस्थमा काट्नुपर्दैन’ : कुलमान

३. भारतमा कोइला संकट, नेपालमा विद्युत संकट !

४. तीन दिनदेखि पूर्वका औद्योगिक क्षेत्र अन्धकारमा

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit