विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को नयाँ कार्यसमिति चयनका लागि आज भइरहेको निर्वाचन प्रक्रियाले औपचारिकता पूरा नगर्दै संस्था विभाजन भएको छ । पछिल्लो समय इपानका गतिविधिसँग असन्तृष्टि जनाउँदै आएको समूहले आज (जेठ ३२ गते) विभाजन भएको घोषणा गर्दै नयाँ संस्था गठनको प्रक्रिया अगाडि बढाएको छ ।

अध्यक्षको प्रत्यासीका रूपमा अगाडि बढेका इन्जिनियर किरण मल्ललाई इपानको विधानविपरित उम्मेदवारी हुनबाटै बञ्चित गरिएपछि असन्तृष्ट पक्षले नयाँ संस्था घोषणा गरेको हो । नयाँ संस्थाको नाम ‘ग्रिन इनर्जी पावर एसोसिएसन, नेपाल (जिपान)’ घोषणा गर्दै सूर्यप्रसाद अधिकारीको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको जनाइएको छ । सदस्यहरूमा गोरे शेर्पा, सिताराम तिमल्सिना, हेमराज आचार्य, विनोद देवकोटा, वीरबहादुर घले, गोपालप्रसाद न्यूरे, कदम केसी, विकासकुमार श्रेष्ठ, विष्णुकुमार झा, ताराबहादुर सुब्बा, दीपक पौड्याल, प्रदीप ओली, दीपेन्द्र भण्डारी, विराज गौतम, आनन्द प्रधान रहेका छन् ।

थप सदस्यहरूमा पुष्प चित्रकार, नारायण कँडेल, सुशोभ गौतम, लालबहादुर थापा, भक्तबहादुर पोखरेल, अभिज्ञा मल्ल लगायत रहेका छन् । समितिमा देवकोटालाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाइएकाे छ । जिपानको घोषणा गर्दै देवकोटाले भने इपान सबैको साझा संस्था भएकोले अन्तिमसम्म सहमति गरेर जाने प्रयास भए पनि संस्थापन पक्ष तयार नभएपछि अलग हुनुपरेको बताए ।

‘हामीले इपान बाहेक अर्को संस्थाको कहिल्यै परिकल्पना गरेका थिएनौं, हाम्रा समस्या यहीँभित्रबाट समाधान हुन सक्छन् भनेर लामो समयदेखि बहस र छलफल हुँदै आयो तर अर्को पक्षले हाम्रा कुरा सुन्नै चाहेन,’ उनले भने, ‘हामीले बाध्यतावश नयाँ संस्था गठनको प्रक्रिया सुरु गर्नु परेको छ ।’

विशेषतः मल्ल समूहले इपानको विधान र निर्वाचन निर्देशिकामा असहमति जनाउँदै आएको थियो । विधानमा कार्यसमितिमा एक वर्ष कार्यकाल पूरा गरेको जोसुकैले अध्यक्षमा उम्मेदवारी दिन सक्ने उल्लेख भए पनि त्यो व्यवस्थालाई निर्देशिकामा परिवर्तन गरी अध्यक्ष हुनका लागि वरिष्ठ उपाध्यक्षसरह पदाधिकारीमा एक वर्षको कार्यकाल पूरा गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।

उक्त निर्देशिकाको प्रावधानमा टेकेर मल्लको उम्मेदवारी खारेज भएपछि उनको समूहले चरम असन्तृष्टि जनाउँदै आएको थियो । आज साँझसम्म पनि विधान संशोधन गरेर असन्तुष्ट पक्षलाई समेटेर जाने विषयमा छलफल भए पनि त्यसले निकास नपाएपछि मल्ल समूहले औपचारिकरूपमा अलग भएको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit