विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भिडभाड कम गर्न भन्दै शनिबार पनि सञ्चालन गर्दै आएको विद्युत महसुल काउन्टर आगामी कात्तिक १ गतेदेखि बन्द गर्ने भएको छ । प्राधिकरणले विद्युत सेवा प्रयोग गरे बापत् अनलाइन पेमेन्ट गर्न सकिने भन्दै काउन्टर बन्द गर्न लागेको हो ।

प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, दरबारमार्गले सूचना जारी गर्दै असोज ११ को निर्णय अनुसार शनिबार सञ्चालन हुँदै आएको महसुल काउन्टर कात्तिकदेखि बन्द गर्ने जनाएको छ ।

विभिन्न सेवा प्रदायक कम्पनीहरू मार्फत पनि हरेक दिन बिहान १० बजेदेखि राती १२ बजेसम्म अनलाइन पेमेन्टको माध्यमबाट भुक्तानी गर्न सकिनेछ । अनलाइन पेमेन्टको सुविधा नभएको अवस्थामा प्राधिकरणका केही वितरण केन्द्रहरू अतिरिक्त सहुलियताका रुपमा शनिबार पनि सञ्चालन गर्दै आएको थियो ।

हाल प्राधिकरणले विद्युत उपभोक्ताहरूको महसुल बुझाउने क्रममा हुने भीडलाई ध्यानमा राख्दै अनलाइन पेमेन्टको व्यवस्था गरेको छ । अब, शनिबार काउन्टर खोलिराख्न आवश्यक नदेखिएकोले बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit