विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिकामा भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभीएन)  ले निर्माण गरिरहेको ९०० मेगावाटको अरुण-३ जलविद्युत आयोजनाका लागि थप जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ । आयोजनाका लागि थप जग्गा आवश्यक पर्ने भएकोले अधिग्रहण प्रक्रिया अघि बढाइएको हो ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाले साेमबार (बैशाख १८ गते) सूचना सार्वजनिक गर्दै आयोजनाका लागि चाहिने थप जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको जानकारी दिएकाे हो । मकालु गाउँपालिका (साविक पाथीभरा गाउँपालिका) –३ को जग्गा स्थायी रुपमा अधिग्रहण गर्न लागिएको छ ।

पाखो जग्गाका लागि प्रतिरोपनी ५ लाख रुपैयाँ, बारीको लागि ७ लाख ५ हजार रुपैयाँ, खेतका लागि ८ लाख रुपैयाँ प्रतिरोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढेको छ ।

प्रशासन कार्यालयले सम्बन्धी जग्गाधनीहरूलाई ३५ दिनभित्र रीतपूर्वक निवेदन दिन आग्रह गरेको छ । यो आयोजनाको करिब ६५ प्रतिशत काम पूरा भएको छ । आयोजनाको सबै काम पूरा गरेर आगामी वर्षदेखि विद्युत उत्पादन सुरु गर्ने प्रवर्द्धकको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit