विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । युनियन हाइड्रो पावर कम्पनीले करिब साढे २ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को तेस्रो त्रैमास सम्मको वित्तिय विवरण अनुसार कम्पनीले खुद नाफा कमाएको देखिएको हो ।

चैतसम्मको अवधिमा २ करोड ५५ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो गत वर्ष (२०७७÷७८) को तुलनामा बढेको हो । गत वर्ष ८९ लाख ६७ हजार ८ सय रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो अवधिमा कम्पनीले ३ मेगावाटको मिदीम करापु जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ६ करोड ५९ लाख ९३ हजार ४ सय ६० रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गरेको आम्दानी गत वर्षको तुलनामा बढेको देखिएको छ । गत वर्ष ५ करोड ४५ लाख ६९ हजार ४ सय ३४ रुपैयाँ आम्दानी गरेको थियो ।
यस्तै, अन्य स्रोतबाट ५५ हजार ४ सय २९ रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा बारम्बार आइराख्ने समस्याका कारण विद्युत उत्पादनमा प्रत्यक्ष असर परिरहेको छ ।

२८.९ मेगावाटको होङ्गु खोला र ६० मेगावाटको माथिल्लो तमोर ‘ए’ जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरी विद्युत खरिद बिक्री (पिपिए) का लागि प्राधिकरण, विद्युत व्यापार विभागमा प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।

जसमध्ये होङ्गु खोलाको ग्रिड एग्रिमेन्ट सम्पन्न भई वातावरणीय प्रभाव मुल्याङ्कनको फाइनल रिपोर्ट विद्युत विकास विभागमा स्विकृतका लागि पेश गरेको कम्पनीको वित्तिय विवरणमा उल्लेख छ । कम्पनीको लमजुङमा सञ्चालनमा रहेको जलविद्युत केन्द्रले २०७४ माघ १५ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit