विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखामा सञ्चालनमा रहेको १० मेगावाटको सिप्रिङ खोला जलविद्युत आयोजनाको प्रवर्द्धक सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आफ्नो आयोजना प्रभावित क्षेत्रमा शैक्षिक सामग्री र विद्युतीय चुलो  वितरण गरेको छ । कम्पनीले स्थानीय जनप्रतिनिधिको सिफारिसमा आवश्यकताअनुसार शैक्षिक सामाग्री र विद्युतीय चुलो वितरण गरेको हो ।

आयोजनाको सामाजिक उत्तरदायित्व अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नम्बर ८ का खारे माद्यामिक विद्यालय, छेसा खारे आधारभूत विद्यालयय, मणि स्मृति विद्यालय र सेती देवि प्रावि गरी ४ वटा विद्यालयमा पोशाक, झोला र शैक्षिक सामाग्री वितरण गरेको हो ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ९ को रोल्वालिङ क्षेत्रका ४० घरमा विद्युतीय चुलो वितरण गरेको छ । पर्यटकीय क्षेत्र रहेको बेदिङ र ना गाउँमा दाउराको समेत अभाव रहेको र ग्यास बोकेर लैजादा ५००० सम्म पर्ने भएकाले विद्युतीय चुलो वितरण गरेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, सोही वडाको टासिनाम आधारभूत विद्यालय र सिमिगाउँको विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयका लागि आवश्यक सामग्री पनि मागका आधारमा वितरण गरेको कम्पनीले जनाएको छ । कम्पनीले दुवै वडामा सबै कामका लागि १४ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ८ र ९ को सिमाना भएर बग्ने सिप्रिङ खोलामा ११ वर्षदेखि विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit