विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । तनहुँको देवघाट गाउँपालिका-४ का ५ गाउँमा विद्युत सेवा विस्तार गरिएकाे छ । नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणाली विस्तार गरी  ढुङ्गाघारी, बसेनी, काफलस्वाँरा, बापस र डुडेबासपानी गाउँमा विद्युत पहुँच पुर्‍याएकाे हाे ।

प्राधिकरण भरतपुर वितरण केन्द्र आँपटारी ‘सवस्टेसन’मार्फत निकालिएकाे फिडरबाट यी गाउँमा विद्युत् पुर्‍याइएकाे देवघाट-४ का वडाध्यक्ष मित्रलाल गुरुङले जानकारी दिए । उनका अनुसार वितरण प्रणाली विस्तार हुँदा यी गाउँका १३० घरधुरीमा विद्युत् पहुँच पुगेकाे छ ।

विद्युत् वितरणका लागि मिटर र प्राविधिक सेवा भने तनहुँको आँबुखैरेनी सवस्टेसनले उपलब्ध गराएका थियो । विद्युत् प्राधिकरण आँबु उपवितरण केन्द्रका प्रमुख राजवीर यादवको उपस्थितिमा ती घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको छ ।

वडाध्यक्ष गुरुङका अनुसार केही दिनभित्रै सोही वडाको चारघरेमा एक सय केभीएको ट्रान्सफर्मर जडान गरिनेछ । यसबाट पारलाझ्ग, चारघरे, साराङघाट, भुवनबस्ती र अग्रीडाँडामा विद्युत् विस्तारका लागि सहयोग हुनेछ ।

हालसम्म टुकी र सोलारको भरमा उज्ज्यालोको सहारा लिँदै आएका स्थानीयवासी विद्युत् पुगेपछि खुसी भएका छन् । गत वर्षको स्थानीय तह निर्वाचन अगाडि आमडाँडा, गाईघाट, आइलिम, सिन्चाङ, खोडेमोहोरिया र दुईघरेमा मात्रै विद्युत् पुगेको थियो ।

करिब चार/पाँच वर्षअघि नै उक्त गाउँमा बिजुली जडानका लागि ठेक्का सम्झौता भए पनि ठेकेदारको लापर्वाहीको कारण बीचमा काम रोखिएको थियो । ‘म वडामा निर्वाचित भएर आएपछि रोकिएको विद्युतीकरणको कामलाई अगाडि बढाउन पहल गरेको हुँ । त्यसैको प्रतिफलस्वरुप गाउँमा पहिलोपटक बिजुली बत्ती बलेको छ,’ उनले भने ।

उनकाअनुसार यहाँ धेरै वर्ष पहिला बत्ती बल्नुपर्ने हो । तर, स्थानीय सरकारको उदासिनता र ठेकेदारको ढिलासुस्तीले कामले गति लिन सकेको थिएन । बिजुलीको अभावमा अहिलेसम्म वडा कार्यालय सिन्चाङमा स्वास्थ्यचौकीको भवनबाट सञ्चालन हुँदै आएकामा अब चाँडै काफलडाँडामा निर्मित आफ्नै भवनबाट सेवा प्रवाह गरिने उनले बताए ।

वडा कार्यालयको भवन निर्माण भइसकेको र त्यसमा बत्ती पनि जडान भइसकेकाले अब चाँडै इन्टरनेटसमेत जडान गरेर उक्त भवनबाट सेवा सुरु गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit