विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मनाङ जिल्लाको २७०० मिटर उचाइमा अवस्थित सदरमुकाम सामे बजारमा विद्युत पुर्याएको छ । प्राधिकरण मनाङ वितरण केन्द्रले करिब साढे ६ किलोमिटर प्रसारण लाइन निर्माण गरी बुधबारबाट सामे क्षेत्रका ग्राहकलाई विद्युत उपलब्ध गराएको हो ।

३३/११ केभीको स्यार्कू सबस्टेसन चार्ज भएसँगै सामे बजारमा गुणस्तरीय विद्युत आपूर्ति भएको केन्द्र प्रमुख मिलन सुवेदीले बताए । उनका अनुसार २ वर्षअघि देखि निर्माण सुरु गरिएको सबस्टेसनको काम सम्पन्न गरी सञ्चालन गरिएको हो।

गत असार परेको अविरल वर्षाले मनाङको विद्युत संरचनाका पूर्वाधारहरू तथा सडक सञ्जालमा ठूलो क्षति भइ सेवा बन्द भएकाे थियो । विद्युत आपूर्तिमा आएको अवरोधका कारण जिल्लाका सरकारी कार्यालयहरूबाट प्रवाह हुने अत्यावश्यक सेवाहरू समेत नियमित रूपमा सञ्चालन गर्न असहज भएको थियो ।

बाढीले क्षति पुर्याउँदा प्राधिकरणको ३ करोड रपैयाँ बढीको क्षति भएको थियो । क्षतिग्रस्त लाइनको पुन निर्माणको काम २०७९ बैशाखभित्रै सम्पन्न भएको थियो ।

अहिले यस क्षेत्रका करिब ९० घरधुरी लाभान्वित भएका छन् । यी ट्रान्सफर्मरबाट विद्युतीकरण हुने तिलिचो तालसम्मको र थोरङ बेस क्याम्पसम्म लाइन विस्तारको काम अघि बढेको छ । लाइन निर्माणका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३