विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बंगालादेशले बर्खायाममा नेपालसँग २ सय मेगावाट विद्युत किन्न मागेको छ । विद्युतको माग बढ्दै गएकाले प्रणालीमा आपूर्ति व्यवस्थापन मिलाउन आउने बर्खामा नै उपलब्ध हुने गरी विद्युत किन्न मागेको हो ।

नेपालमा बर्खायाममा बढी विद्युत उत्पादन हुने हुँदा आफ्नो माग व्यवस्थापन गर्न बंगालादेशले विद्युत मागेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताए । ‘सुख्खायाममा अझै भारतको विद्युतमा निर्भर हुनुपर्ने बाध्यता रहे पनि बर्खामा हाम्रा उत्पादन बढी हुने दिन आउँदैछ, ’सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर नेपाल (सिन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘यही विद्युत बंगालादेशले किन्छु भनिरहेको छ ।’ 

उनले बर्खामा बढी भएको विद्युत खेर फाल्नुभन्दा बंगालादेशमा निर्यात गर्ने विकल्पमा मन्त्रालय जाने बताए । बंगालादेशले आउने बर्खादेखि नै विद्युत किन्न मागे पनि निर्यात गर्ने संरचना छैन ।  

आन्तरिक खपतको परिमाण पनि बढाउनुपर्ने बेला आएको उनले बताए । उनले केही वर्ष अघिसम्म उत्पादन बढाउनुपर्ने आवश्यकता रहेकाले धेरै विद्युत आयोजना निर्माणमा गएको बताए । उनले अबको चुनौती विद्युतको बजार विस्तार रहेको बताए ।

सन् २०२० को तथ्यांकअनुसार बंगलादेशको आन्तरिक जडित क्षमता २२ हजार ७ सय ८७ मेगावाट छ । यो क्षमताले माग व्यवस्थापन हुन नसकेकाले उसले नेपालसँग विद्युत खरिद गर्न मागिरहेको छ । 

भारतीय लगानीमा निर्माण हुने ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ५ सय मेगावाट खरिदका लागि जिएमआरसँग समझदारीसमेत गरिसकेको छ । जिएमआरले बंगालादेशलाई बेच्ने विद्युतको प्रतियुनिट दरसमेत टुंगो लागिसकेको छ । बंगालादेशले अहिले पनि आन्तरिक उत्पादनले नधानेपछि १ हजार १ सय ६० मेगावाट विद्युत भारतसँग किनिरकेको छ ।

उसले सन् २०४१ सम्ममा नेपाल, भुटान,भारतलगायत छिमेकी देशबाट ९ हजार मेगावाट विद्युत खरिद गर्ने बताउँदै आएको छ । छिमेकी देशहरूबाट आयात गर्ने भनिएको परिमाण कूल मागको १५ प्रतिशत हो । बंगालादेशको विद्युत उत्पादनको मुख्य स्रोत कोइला तथा प्राकृतिक ग्यास हो । 
चालू आर्थिक वर्षभित्र ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित ८ सय २५ मेगावाट विद्युत ग्रिडमा थपिँदैछ । 

आन्तरिक विद्युत उत्पादन बढ्दै गएपछि खपत र बिक्री पनि बढाउदै लैजानुपर्ने चुनौती थपिएको घिमिरेको भनाई छ । ‘औधोगिक क्षेत्रको खपत अझै बढाउन सकिन्छ । यसका लागि प्रसारण तथा वितरण लाइन निर्माण एवं स्तरोन्नतिको काम नेपाल विद्युत प्राधिकरणले गरिरहेको छ’ उनले भने ।

आन्तरिक खपत बढाउन योजना बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले विद्युतीय चुलो, विद्युत सवारी साधन प्रयोग, हाइड्रोजन तथा केमिकल उत्पादन, स्टील प्लेट उद्योग सञ्चालन गरेर पनि विद्युत खपत बढाउन सकिने बताए ।

अहिले देशको राष्ट्रिय प्रसारण प्रणालीमा करिब १ हजार ४ सय ५० मेगावाट विद्युत उपलब्ध रहेकोमा ३६.१५ प्रतिशत घरायसी ग्राहक, ४२.०५ प्रतिशत औधोगिक ग्राहक र बाँकी ९.६ प्रतिशत व्यापारिक ग्राहकले खपत गरिरहेको घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit