विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय संरचना सार्न इटहरी क्षेत्रमा ५ दिन विद्युत लाइन काट्ने भएको छ । प्राधिकरण इटहरी वितरण केन्द्रले विस्तारित रानी–बिराटनगर–इहटरी–धरान सडक खण्डका विद्युतीय पोल सार्न विद्युत लाइन काट्ने भएको हो ।

शनिबार बिहान ९ बजेदेखि पुस २९ गते हिउँसो ४ बजेसम्म दैनिक विद्युत लाइन काटिने वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रका अनुसार पोल सार्ने अवधिभर इटहरी, उद्योग, लविपुर र एनटिसी फिडरबाट वितरण हुने विद्युत सेवा  ५ दिनसम्म दैनिक ६ घन्टा पूर्णरूपमा बन्द हुनेछ ।

सडक छेउका विद्युती पोल सार्नेक्रममा यी फिडरको आपूर्ति बन्द हुँदा इटहरी चोकदेखि तरहरासम्मको सेवा प्रभावित हुने वितरण केन्द्रले जनाएको छ । दिउँसो ४ बजेपछि रातभरका लागि सेवा सुचारु हुनेछ ।  

बालाजु वितरण केन्द्रका ३ फिडरको सेवा अवरुद्ध हुने
प्राधिकरण बालाजु वितरण केन्द्रबाट सञ्चालन हुने ढुंगेधारा, गोलढुङ्गा र स्वयंभु फिडरको सेवा पनि शनिबार बन्द हुने भएको छ । रिङ रोड क्षेत्रमा सडक विस्तार भएका स्थानका ११ केभी वितरण लाइनको विद्युतीय पोल सार्न लाइन काट्न लागिएको हो ।

३ वटै फिडरको लाइन बिहान ११ देखि दिउँसो ३ बजेसम्म काटिने वितरण केन्द्रले जनाएको छ । ढुंगेधाराको लाइन काटिँदा ढुंगेधारा, बनस्थली, चमती, अन्नपूर्ण चोक, रानीवन, भृकुटी टोललगायत स्थानको सेवा प्रभावित हुनेछ ।

गोलढुंगा फिडरको लाइन काटिँदा महादेव खोला, कुमारी स्थान, नेपालटार ब्यारेक, पुरानो गुहेश्वरी, गोलढुंगा, तिनपिप्ले, जितपुरफेदी, ओसो तपोवन, छत्रेदेउरालीलगायत स्थानको सेवा प्रभावित हुनेछ ।

यस्तै, स्वयंभु फिडर काटिँदा स्वयंभु मन्दिर क्षेत्र, सानो भर्याङ, ठूलो भर्याङ, इचङ्गु नारायण, कारखाना चोक, बारुद कारखानालगायत स्थानको विद्युत सेवा प्रभावित हुनेछ । तोकिएको समय अगावै पोल सार्ने काम सकिएमा चाँडै आपूर्ति सुचारु गरिने पनि वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit