विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालको पूर्वी भागमा २०८० जेठ ३२ गतेदेखि असार २ गतेसम्म आएको अविरल वर्षा, बाढी र पहिरोका कारण क्षतिग्रस्त निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाहरूलाई राहत दिन व्यवस्थापिका संसदको अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले यस्तो निर्देशन दिएको हाे ।

त्यस्ता आयोजनालाई विभिन्न प्रकारले राहत दिने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०८० पुस ३ गते निर्णय गरी सोही अनुसार गरेको सिफारिस कार्यान्वयन गर्न समितिले अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्डसहितका निकायलाई निर्देशन दिएको हो ।

समितिको निर्देशन अनुसार प्रभावित आयोजनाह–को मर्मत सम्भार गर्न आयात गर्नुपर्ने आवश्यक पार्टपुर्जा तथा उपकरणलाई १ प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि करण पूर्ण रुपमा छुट दिई आयातको व्यवस्था तत्काल गरी ७ दिनभित्र प्रगति विवरण पेश गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रभावित आयोजनाहरूलाई पुनर्कजाको व्यवस्था गर्न तथा प्रभावित आयोजनाको ऋणको ब्याज रकमलाई पुँजीकरण गरी पुनरतालिकीकरण गर्ने व्यवस्था गर्न अर्थमन्त्रालय र राष्ट्रय बैंकलाई निर्देशन दिएको छ ।

त्यस्तै, प्रभावित आयोजनाहरूको प्रवर्द्धक सेयरको ‘लक इन पिरियड’ संशोधन गर्न नियमावलीमा संशोधन गर्ने व्यवस्था गर्न अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई निर्देशन दिने निर्णय गरेको छ । 

यी सबै राहतका कार्यक्रमको कार्यप्रगति ७ दिनभित्र पेश गर्न बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit