विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दक्षिण कोरियाले पाकिस्तानमा ६ सय ८५ मेगावाटका २ जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कोरियाले ४ सय ७० मेगावाटको लोअर स्पट गाह र २ सय १५ मेगावाटको अश्रित केदम जलविद्युत आयोजनामा लगानी गर्ने भएको हो ।

कोरियाली व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालय र पाकिस्ताको बाणिज्य मन्त्रालयबीच हालै सम्पन्न संयुक्त व्यापार समितिको बैठकमा आयोजनामा लगानी गर्नेबारे छलफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

लोअर स्पट गाह आयोजना निर्माण गर्न १ अर्ब ७ करोड ६० लाख अमेरिकी डलर लागत अनुमान गरिएको छ । कोरिया हाइड्रो एण्ड न्यूक्लियर पावरले छुट्टै कम्पनी स्थापना गरेर आयोजनामा लगानी गर्दैछ । 

एसियाली विकास बैंक (एडिबी) ले आर्थिक परामर्श तथा ऋण लगानी गर्ने भएको छ । आगामी वर्षबाट आयोजना स्थलमा प्रारम्भिम चरणका कामहरूको सुरुवात गरी सन् २०२३ बाट आयोजनाको संरचना निर्माण थाल्ने योजना छ । 

सन् २०२९ भित्र आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कोरियाली कम्पनीले ३० वर्षसम्म आयोजना सञ्चालनको अनुमति पाउनेछ । यो आयोजना सञ्चालन गरेर वार्षिक ८ लाख २० हजार टन कार्बन उत्सर्जनमा कमी ल्याउने लक्ष्यसहित विद्युत खरिद सम्झौता (पिपिए) गरिएको छ । 

यस्तै, अश्रित केदम आयोजना सम्पन्न गर्न ५० करोड अमेरिकी डलरभन्दाब बढी लागत अनुमान गरिएको छ । यो आयोजना अघि बढाउन सन् २०१७ मा पाकिस्तानको खैबर पख्तुन प्रान्त सरकार र कोरिया साउथ इष्ट पावर कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit