विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । छिमेकी देश भारतको विद्युतको उच्च माग २ लाख मेगावाट नाघेको छ । कोरोना (कोभिड–१९) महामारीका कारण लगाइएको लकडाउन खुकुलो हुँदै गएकाले तथा केही राज्यमा मनसुन अझै सुरु भइनसकेकाले एसी, पंखा लगायतका विद्युतीय उपकरणकाे उपयाेग बढेकाले विद्युतको उच्च माग बढेको हो ।

बुधबार सबैभन्दा बढी विद्युतकाे उच्च माग २ लाख ५ सय ७० मेगावाट पुगेको भारतको केन्द्रीय ऊर्जा मन्त्रालयलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मंगलबारसम्म १ लाख ९७ हजार मेगावाट हाराहारीमा रहेको विद्युत माग बुधबार बढेर २ लाख मेगावाट नाघेको हो ।

केही राज्यमा मनसुन सुरु हुन बाँकी रहेकाले गर्मीका कारण विद्युतीय उपकरणको उपयोग बढेपछि विद्युत खपत बढेको बताइएको छ । लकडाउन तथा निशेधाज्ञामा खुकुलो हुँदा आर्थिक गतिविधि बढ्दै गएकाले समेत विद्युत खपत अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।

१ महिना अघिसम्मको विद्युतको उच्च माग १ लाख ९१ हजार ५ सय १० मेगावाट थियो । गत जुनसम्मकाे यो उच्च माग अघिल्लो वर्षको यहि अवधिको तुलनामा १६ प्रतिशत बढी हो ।

अघिल्लो वर्ष सन् २०२० को जुन महिनाको विद्युतको उच्च माग १ लाख ६४ हजार ९ सय ८० मेगावाट थियो । सन् २०१९ को तुलनामा २०२० को उच्च माग घटेको थियो ।

सन् २०१९ को जुन महिनाको खपत १ लाख ८२ हजार ४ सय ५० मेगावाट थियो । गत वर्ष कोरोना (कोभिड–१९) महामारीका कारण लकडाउनमा भएको कडाईका कारण पनि उद्योग व्यावसाय ठप्प हुँदा विद्युतको माग घटेको थियो ।

भारतकाे विद्युत जडित क्षमता ३ लाख ८० हजार मेगावाट बढी छ । भारतले पछिल्लो ५ वर्षमा मात्रै १ लाख १७ हजार ९ सय मेगावाट विद्युत प्रणालीमा जोडिसकेको छ ।  जसमा ६४ हजार ५ सय मेगावाट परम्परागत ऊर्जाको स्रोतबाट र ५३ हजार ४ सय मेगावाट नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन गरिएकाे छ ।

आर्थिक वर्ष २०२६/२७ भित्र कूल जडित क्षमता ६ लाख ९९ हजार ६६ मेगावाट पुर्याउने लक्ष्य राखिएको छ । अबको ५ वर्षमा निर्धारण गरिएको लक्ष्य अनुसार २ लाख ३८ हजार मेगावाट कोइलामा आधारित थर्मल प्लान्टबाट, २५ हजार ७ सय ३५ मेगावाट ग्यासबाट उत्पादन गरिने भएको छ । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit