विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

संखुवासभा । खाँदबारी नगरपालिकामा ‘विद्युत् सञ्चालन तथा मर्मतसम्बन्धी तालिम’ कार्यक्रम सुरु भएको छ । दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजनाको आर्थिक सहयोगमा बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीले तालिमको आयोजना गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले खाँदबारी–१ मा आयोजित एक समारोहकाबीच बिहीबार तालिम कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमान मन्त्री खड्काले संखुवासभालाई जलविद्युत्‌को केन्द्रका रूपमा विकास गर्न स्थानीय सिपयुक्त जनशक्ति आवश्यक भएको बताएका छन् । 

‘सङ्खुवासभा जलविद्युत्‌को ठूलो सम्भावना बोकेको जिल्ला हो, यहाँ अरुण तेस्रो, माथिल्लो अरुण, तल्लो अरुण, अरुण चौथोजस्ता बहुचर्चित आयोजना निर्माणको चरणमा छन्,’ उनले भने, ‘यस्ता आयोजनालाई सफल र दीर्घकालीन बनाउन प्राविधिक सिप हासिल गरेका स्थानीय युवाको भूमिका महत्त्वपूर्ण हुन्छ ।’ 

जलविद्युत्‌का ठूला आयोजना सञ्चालनमा आउँदै गर्दा रोजगारीको अवसर स्थानीय तहमै सिर्जना गर्न सिप विकासमुखी तालिम सञ्चालन हुनु प्रशंसनीय रहेको उनको भनाइ छ ।

संखुवासभाका स्थानीयलाई घरमै तालिम दिई रोजगारीको वातावरण निर्माण गर्नु प्राथमिकताको विषय भएको उनले बताए । ‘सिप विकास रोजगारीको सशक्त आधार मात्र होइन, यसले आर्थिक सबलीकरण र आत्मनिर्भरताको ढोका पनि खोल्छ,’ उनले भने ।

मन्त्री खड्काले स्थानीय युवालाई प्राविधिक शिक्षामार्फत दक्ष बनाउने दीर्घकालीन लक्ष्य अन्तर्गत भविष्यमा खाँदबारीमै प्राविधिक शिक्षालय स्थापना गरिने योजना रहेको जानकारी दिए । 

कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले तालिमले युवामा आशा पलाएको र आत्मनिर्भर हुने सम्भावनाको ढोका खोलेको बताए । संखुवासभाको जलविद्युत्‌लाई पुँजी मान्ने हो भने, यहाँको जनशक्ति नै सबैभन्दा ठूलो आधारशिला उद्घाटन कार्यक्रमका वक्ताहरूकाे भनाइ थियाे ।

तालिममा जिल्लाका १० वटा पालिकाबाट प्रशिक्षार्थी सहभागी छन् । २० दिनसम्म चल्ने तालिममा १२० घण्टाको पाठ्यक्रम समेटिएको छ । तालिमले सहभागीहरूलाई जलविद्युत्‌ केन्द्रहरूमा काम गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३