काठमाडौँ । भदौ १० गते भोटेकोशी/त्रिशुली नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिमा भरणपूरणका लागि जलविद्युत् व्यवसायी मोहनविक्रम कार्कीको नेतृत्वका जलविद्युत् कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रदान गरिएको सहयोगको बैंक चेक भदौ १६ गते कार्कीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तान्तरण गर्दै कार्कीले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको पीडा न्यूनीकरणमा निजी क्षेत्रले पनि आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताए । उनले सङ्कटका बेला राज्यका राहत तथा उद्धार प्रयासमा निजी क्षेत्रबाट हुने सहयोगले पीडित परिवारलाई थप राहत पुग्ने विश्वास व्यक्त गरे ।
सिन्धुपाल्चोकबासी कार्की नेपालको निजी क्षेत्रबाट जलविद्युत् विकासमा सक्रिय व्यवसायीका रूपमा परिचित छन् । उनी इलेक्ट्रो पावर कम्पनी लिमिटेडको अध्यक्ष तथा हिल्टन हाइड्रो इनर्जी लिमिटेड लगायत जलविद्युत् कम्पनीको नेतृत्वमा छन् । उनको नेतृत्वमा सिन्धुपाल्चोक, ताप्लेजुङ, म्याग्दी र लमजुङ लगायत जिल्लामा जलविद्युत् आयोजनाहरू निर्माण तथा सञ्चालनरत छन् ।
ऊर्जा उत्पादनसँगै स्थानीय रोजगारी सिर्जना, सामुदायिक विकास तथा राष्ट्रिय ऊर्जा सुरक्षामा योगदान पुर्याउँदै आएका कार्की तथा र उनको नेतृत्वका कम्पनीले प्राकृतिक विपद्को यस कठिन समयमा राहत कोषमा गरेको सहयोगलाई निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा हेरिएको छ ।
प्राकृतिक विपद्का कारण विस्थापित तथा प्रभावित परिवारको तत्कालीन राहतदेखि पुनर्स्थापनासम्मका कार्यमा उक्त रकम उपयोगी हुने अपेक्षा गरिएको छ । राष्ट्रिय संकटका समयमा निजी क्षेत्रले सरकार तथा सम्बन्धित निकायका राहत र उद्धार प्रयासमा सहकार्य गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने सन्देशसमेत यस सहयोगले दिएको छ।
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कार्की तथा उनी नेतृत्वका जलविद्युत कम्पनीबाट निम्न सहयोग गरिएको छः
१. मोहनविक्रम कार्की (व्यक्तिगत) रु. २५ लाख
२. कालिका इनर्जी लिमिटेड — भोटेकोसी–५ जलविद्युत् आयोजना, सिन्धुपाल्चोक : रु. २५ लाख
३. सूर्य होल्डिङ्स लिमिटेड — माथिल्लो मेवा खोला ‘ए’ जलविद्युत् आयोजना, ताप्लेजुङ : रु. २५ लाख
४. हाइड्रो भिलेज लिमिटेड — म्याग्दी खोला जलविद्युत् आयोजना, म्याग्दी : रु. २५ लाख
५. इलेक्ट्रो पावर कम्पनी लिमिटेड — भोटेकोशी–१ जलविद्युत् आयोजना, सिन्धुपाल्चोक : रु. २५ लाख
६. काबेली हाइड्रोपावर कम्पनी लिमिटेड — काबेली–३ क्यास्केड जलविद्युत् आयोजना, ताप्लेजुङ : रु. १० लाख
७. हिलटन हाइड्रो इनर्जी लिमिटेड — सुपर काबेली खोला जलविद्युत् आयोजना, ताप्लेजुङ : रु. १० लाख
८. स्नो रिभर्स लिमिटेड — सुपर काबेली खोला ‘ए’ जलविद्युत् आयोजना, ताप्लेजुङ : रु. १० लाख
९. आशुतोष इनर्जी लिमिटेड — चेपे खोला साना जलविद्युत् आयोजना, लमजुङ : रु. १० लाख