विद्युत अपडेट

  • प्राधिकरण : ५०४६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९०२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १८४५५ मे.वा.घन्टा
  • आयात : ८०८३ मे.वा.घन्टा
  • निर्यात : ३० मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७६३७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २१०० मे.वा.
२०८२ फाल्गुण २७, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको विद्युत जोडिने प्रसारण लाइनको बाँकी काम पूरा गर्न रोयल कन्स्ट्रकसन कम्पनी प्रालि.सँग ठेक्का सम्झौता गरेको छ । कम्पनीले मंगलबार (कात्तिक १५ गते) सम्झौता गरेको हो ।

सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत छबि गैरे र ठेकेदार कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक वीरबहादुर मल्लले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रसारण लाइनको बाँकी काम आगामी ६ महिनाभित्र सम्पन्न गर्नुपर्ने जलविद्युत आयोजना प्रमुख सत्यराम ज्याख्वाले बताए ।

यसअघि लाइन निर्माणको ठेक्का ठेकेदार मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रा.लि.ले पाएको थियो । ‘ठेकेदारको कमजोर कार्यसम्पादनका कारण लाइनको निर्माण सुस्त गतिमा अघि बढेकोले सम्झौता रद्द गरिएको थियो,’ उनले भने, ‘विविध कारण पटकपटक म्याद थप गर्दा पनि तोकिएको समयमा कार्य सम्पन्न हुने कुनै ठोस आधार नदेखिएपछि सम्झौता तोडिएको हो ।’

‘ठेकेदारलाई आवश्यक टावर निर्माण गर्न र तार ल्याउनलाई लिखित एवं मौखिक जानकारी गराई एक महिनाको अल्टिमेटम दिँदा पनि वेवास्ता गरेपछि ठेक्का तोडिएको थियो’ उनले थपे । यस अवधिमा १० किलोमिटर लामो लाइनको ३२ मध्ये २७ वटा टावरको जग खन्ने काम पूरा भएको छ ।

यसैबीच जलविद्युत आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ । हालसम्म करिब ८९ प्रतिशत बढी निर्माण पूरा भएको आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल सबै क्षेत्रको काम भइरहेको छ ।

आयोजनाको सबै काम पूरा गरेर २०७९ चैतभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजना सम्पन्न गर्न ब्याजबाहेक १७ अर्ब १ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३