विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–४ मा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् सेवा पुर्‍याइएको छ । यसअघि स्थानीय तहमा निर्मित लघुजलविद्युत् आयोजनाबाट विद्युत् प्रवाह हुँदै आएकोमा अब केन्द्रीय प्रणाली सरहकै सुविधा पुगेको हो ।

२०६३ सालमा लघुजलविद्युत् आयोजना निर्माण गरी साविक कोलडाँडाका २ र ३ वडा गिजनचौर र छाप गाउँमा बिजुली बालिएको थियो । गाउँमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि स्थानीयवासी निकै हर्षित भएका छन् । पाल्पाको माथागढी हुँदै तिनाउँको सत्यवती क्षेत्रमा लाइन पुर्‍याई करिब ५ करोड रुपैयाँभन्दा बढी लगानी गरेर विद्युतीकरण गरिएको छ ।

केन्द्रीय प्रणालीको बिजुली पुगेपछि १३३ घरपरिवारले पहिलो पटक गुणस्तरीय बिजुली बाल्न पाएको स्थानीय गनबहादुर रानाले बताए । यसमा तिनाउँ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठको निरन्तर सहयोग र दबाबले पनि मुख्य भूमिका खेलेको थियो ।

सत्यवती क्षेत्रका नागरिकलाई लघुजलविद्युत्बाट मुक्त गरी उज्यालो गाउँपालिका बनाउने अभियान अन्तर्गत गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण पाल्पाको सहयोगमा विद्युत् पुर्‍याउन सकिएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार विद्युत् नपुगेका अन्य ठाउँमा पनि क्रमशः विद्युतीकरण गर्दै जाने गाउँपालिकाको योजना छ ।

प्राधिकरण पाल्पाका प्रमुख दीलिप मरासिनी र तिनाउँ गाउँपालिका अध्यक्ष श्रेष्ठले शनिबार तिनाउँ ४ मा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् प्रवाह भएको उद्घाट गरेका थिए । कार्यक्रममा वडाध्यक्ष तुलबहादुर आले, स्थानीय जनप्रतिनिधि, स्थानीयवासी लगायत प्राधिकरणका कर्मचारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit